सशष्त्र प्रहरीका ७ जवान ठग्ने सिन्धुपाल्चोकका सापकोटा पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको युएन मिसनमा पठाइ दिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन ।
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–२ बतासेका दिनेश सापकोटाले सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरुलाई युएन मिसनमा पठाइ दिने विश्वास तथा प्रलोभन देखाई रकम ठगी गरेको सूचनाका आधारमा उनलाइ पक्राउ गरिएको हो ।
सो सुचना प्राप्त हुनासाथ यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले सापकोटालाई सोमवार दिउँसो ३ः०० वजे जिल्ला काठमाण्डौ दक्षिणकाली–०५ फर्पिङबाट पक्राउ गरिएको हो ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाइएको छ ।
प्रहरीका अनुसार सशस्त्र प्रहरी बलमा कार्यरत ७ जना प्रहरी कर्मचारीहरुबाट मिसनमा पठाउने भन्दै रकम लिएको खुल्न आएको छ । र, उनी विगतमा चोरी तथा डाँका सम्बन्धी कसुर, बैकिंङ कसुर, ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) लगायतका कसूरमा पक्राउ परी कानूनी कारवाही भएका ब्यक्ति भएको पनि खुल्न आएको छ ।










सुनको चाँदीकाे मूल्य : सुनको बढ्यो, चाँदीको घट्यो
आज प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदै
स्वास्थ्य बीमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा
जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी
दाङको लमहीमा होटल सञ्चालक भेटिए मृत
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया