सशष्त्र प्रहरीका ७ जवान ठग्ने सिन्धुपाल्चोकका सापकोटा पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको युएन मिसनमा पठाइ दिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन ।
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–२ बतासेका दिनेश सापकोटाले सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरुलाई युएन मिसनमा पठाइ दिने विश्वास तथा प्रलोभन देखाई रकम ठगी गरेको सूचनाका आधारमा उनलाइ पक्राउ गरिएको हो ।
सो सुचना प्राप्त हुनासाथ यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले सापकोटालाई सोमवार दिउँसो ३ः०० वजे जिल्ला काठमाण्डौ दक्षिणकाली–०५ फर्पिङबाट पक्राउ गरिएको हो ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाइएको छ ।
प्रहरीका अनुसार सशस्त्र प्रहरी बलमा कार्यरत ७ जना प्रहरी कर्मचारीहरुबाट मिसनमा पठाउने भन्दै रकम लिएको खुल्न आएको छ । र, उनी विगतमा चोरी तथा डाँका सम्बन्धी कसुर, बैकिंङ कसुर, ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) लगायतका कसूरमा पक्राउ परी कानूनी कारवाही भएका ब्यक्ति भएको पनि खुल्न आएको छ ।

















निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिलहुन्छ-अध्यक्ष ढकाल
मौसम पूर्वानुमान: आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया