जेसीबी एनएक्सटी सिरिजका मेकानिकल स्काभेटर नेपाल ल्याउँदै एमएडब्लू
मेरोन्यूज
२०८१ फागुन ६ गते ११:५६

काठमाडाैं। एमएडब्लू अर्थमुभर्स प्रालिले जेसीबी एनएक्सटी सिरिजका मेकानिकल स्काभेटर नेपालमा लन्च गर्ने भएको छ।
जेसीबी इन्डियासँगको सहकार्यमा नवीनतम् एक्साभेटरहरू जेसीबी एनएक्सटी 221 LC फ्युल मास्टर र जेसीबी एनएक्सटी 225 LCM ट्र्याक्ड एक्साभेटरहरू लन्च गर्न लागिएको कम्पनीले जनाएको छ ।
ललितपुरको झम्सिखेलस्थित द प्लाजामा आयोजना हुने भव्य लन्च कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, ग्राहक र डिलरहरूसहित करिब ७०० जना सरोकारवालाहरूको सहभागिता रहने छ।
कम्पनीका अनुसार उक्त कार्यक्रममा मशिनहरूको विशेष प्रस्तुतीकरण रहने छ । साथै प्रदर्शनीपश्चात् जेसीबी स्काभेटर खरिद गर्ने ११ जना ग्राहकलाई साँचो हस्तान्तरण गरिने छ।
कार्यक्रममा जेसीबी इन्डियाका सीईओ तथा एमडी दीपक शेट्टी र एमएडब्लूका अध्यक्ष विष्णु अग्रवालको सहभागिता रहने छ।
सम्बन्धित
















दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया