राससमा दन्त शिविर, ८० जनाले लिए सेवा
मेरोन्यूज
२०८१ फागुन ६ गते २०:४१

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) को ६४ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित निःशुल्क दन्त शिविरमा ८० जनाले दाँत परीक्षण र उपचार गराएका छन् ।
रासस कर्मचारी सङ्घले ॐ समाज डेन्टल हस्पिटलको सहकार्यमा आयोजना गरेको ‘मुख स्वास्थ्यसम्बन्धी सचेतना र दन्त परीक्षण शिविर’ मा विज्ञ दन्त चिकित्सकबाट दन्त परीक्षण गरिनुका साथै सफा (स्केलिङ) गरिएको थियो । शिविरमा सहभागीको अवस्थाअनुसार आवश्यक औषधि, दन्त मन्जनसहित सामग्री प्रदान गरिएको थियो ।
यसअघि शिविर उद्घाटन कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मुख स्वास्थ्यबारे सचेतना अभिवृद्धि गर्न शिविर उपयोगी भएको बताए । “मुख स्वास्थ्यलाई बेवास्ता गरिएको छ । यसबारे कमै चेतना छ, मिडियाले पनि खासै महत्व दिएको देखिन्न”, उनले भने,“राससले हस्पिटलसँग आवश्यक सहकार्य गरेर यस सेवाका बारेमा सचेतना अभिवृद्धि गर्न योगदान गर्नेछ । यो सुरुआत हो, यस्ता कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ ।”
हस्पिटलका अध्यक्ष डा सुवास घिमिरेले मानव स्वास्थ्यको प्राथमिकता र महत्वपूर्ण पाटोको रूपमा रहेको मुख स्वास्थ्यलाई हेलचेक्र्याई गर्न नहुने बताए । उनले मुख स्वास्थ्यबारे सचेतना अभिवृद्धि गर्न आफूहरूले यस्तै शिविर आयोजना गरिरहेको र यसमा राससजस्ता सञ्चारमाध्यमको सहयोग आवश्यक रहेको बताएका छन् ।
डा घिमिरेले मुख स्वास्थ्य अर्थात् दाँतको हेरचाहका लागि ‘जङ्क फुड’ नखाने, धुम्रपान र मध्यपान निषेध गर्ने, प्राकृतिक शुद्ध खानपान तथा मनोवैज्ञानिक रूपमा स्वस्थ्य रहेर शारीरिक व्यायममा जोड दिन अनिवार्य रहेको उल्लेख गरे । दिनमा दुई पटक अनिवार्य ब्रस गर्ने र कम्तीमा छ महिनामा दन्त परीक्षण गराउनु उपयुक्त हुने उनको सुझाव थियो ।
सङ्घका अध्यक्ष पवित्रा गुरागाईँले राससको वार्षिकोत्सवका अवसरमा मुख स्वास्थ्यलाई ध्यान दिएर शिविर आयोजना गरिएको बताइन् । हस्पिटलका जनसम्पर्क प्रमुख धनप्रसाद घिमिरेले स्वस्थ्य जीवनबारे सचेतना अभिवृद्धि गर्न अस्पतालले विभिन्न निकाय, शैक्षिक संस्था र समुदायमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताएकी छन् ।
दन्त परीक्षण गरिएकामध्ये अधिकांशमा जाँदा दाँत खिइने, सिरिङ सिरिङ गर्ने, गिँजा सुन्निने, रगत आउनेजस्ता समस्या देखिएको चिकित्सकले बताएका छन् । हस्पिटलले शिविरमा सहभागीलाई आगामी दिनमा पनि दन्त सेवामा विशेष छुट दिने जनाएको छ । डा घिमिरेको नेतृत्वमा डा हरिशङ्कर यादव, डा आयुश्री घिमिरे, डा आसिका न्यौपाने, डेन्टल हाइजेनिक जुनु पण्डित, डेन्टल असिस्टेन्ट अजिता महर्जनलगायतको टोलीले शिविरमा सेवा दिएको थियो ।
सम्बन्धित
















कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको हिउँ
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया