राससमा दन्त शिविर, ८० जनाले लिए सेवा
मेरोन्यूज
२०८१ फागुन ६ गते २०:४१

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) को ६४ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित निःशुल्क दन्त शिविरमा ८० जनाले दाँत परीक्षण र उपचार गराएका छन् ।
रासस कर्मचारी सङ्घले ॐ समाज डेन्टल हस्पिटलको सहकार्यमा आयोजना गरेको ‘मुख स्वास्थ्यसम्बन्धी सचेतना र दन्त परीक्षण शिविर’ मा विज्ञ दन्त चिकित्सकबाट दन्त परीक्षण गरिनुका साथै सफा (स्केलिङ) गरिएको थियो । शिविरमा सहभागीको अवस्थाअनुसार आवश्यक औषधि, दन्त मन्जनसहित सामग्री प्रदान गरिएको थियो ।
यसअघि शिविर उद्घाटन कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मुख स्वास्थ्यबारे सचेतना अभिवृद्धि गर्न शिविर उपयोगी भएको बताए । “मुख स्वास्थ्यलाई बेवास्ता गरिएको छ । यसबारे कमै चेतना छ, मिडियाले पनि खासै महत्व दिएको देखिन्न”, उनले भने,“राससले हस्पिटलसँग आवश्यक सहकार्य गरेर यस सेवाका बारेमा सचेतना अभिवृद्धि गर्न योगदान गर्नेछ । यो सुरुआत हो, यस्ता कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ ।”
हस्पिटलका अध्यक्ष डा सुवास घिमिरेले मानव स्वास्थ्यको प्राथमिकता र महत्वपूर्ण पाटोको रूपमा रहेको मुख स्वास्थ्यलाई हेलचेक्र्याई गर्न नहुने बताए । उनले मुख स्वास्थ्यबारे सचेतना अभिवृद्धि गर्न आफूहरूले यस्तै शिविर आयोजना गरिरहेको र यसमा राससजस्ता सञ्चारमाध्यमको सहयोग आवश्यक रहेको बताएका छन् ।
डा घिमिरेले मुख स्वास्थ्य अर्थात् दाँतको हेरचाहका लागि ‘जङ्क फुड’ नखाने, धुम्रपान र मध्यपान निषेध गर्ने, प्राकृतिक शुद्ध खानपान तथा मनोवैज्ञानिक रूपमा स्वस्थ्य रहेर शारीरिक व्यायममा जोड दिन अनिवार्य रहेको उल्लेख गरे । दिनमा दुई पटक अनिवार्य ब्रस गर्ने र कम्तीमा छ महिनामा दन्त परीक्षण गराउनु उपयुक्त हुने उनको सुझाव थियो ।
सङ्घका अध्यक्ष पवित्रा गुरागाईँले राससको वार्षिकोत्सवका अवसरमा मुख स्वास्थ्यलाई ध्यान दिएर शिविर आयोजना गरिएको बताइन् । हस्पिटलका जनसम्पर्क प्रमुख धनप्रसाद घिमिरेले स्वस्थ्य जीवनबारे सचेतना अभिवृद्धि गर्न अस्पतालले विभिन्न निकाय, शैक्षिक संस्था र समुदायमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताएकी छन् ।
दन्त परीक्षण गरिएकामध्ये अधिकांशमा जाँदा दाँत खिइने, सिरिङ सिरिङ गर्ने, गिँजा सुन्निने, रगत आउनेजस्ता समस्या देखिएको चिकित्सकले बताएका छन् । हस्पिटलले शिविरमा सहभागीलाई आगामी दिनमा पनि दन्त सेवामा विशेष छुट दिने जनाएको छ । डा घिमिरेको नेतृत्वमा डा हरिशङ्कर यादव, डा आयुश्री घिमिरे, डा आसिका न्यौपाने, डेन्टल हाइजेनिक जुनु पण्डित, डेन्टल असिस्टेन्ट अजिता महर्जनलगायतको टोलीले शिविरमा सेवा दिएको थियो ।
सम्बन्धित


















दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
स्याङ्जामा ६ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा
Philippines forces kill 10 Islamist militants in arrest gunfight
कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
Devotees throng at Matatirtha to pay homage to deceased mothers
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया