एमएडब्लू अर्थमुभर्सले नेपालमा जेसीबी एनएक्सटी सिरिजका मेकानिकल एक्साभेटरहरू बिक्री सुरू गर्यो

काठमाडौं । एमएडब्लू अर्थमुभर्स प्रालिले इन्डियासँगको सहकार्यमा जेसीबी एनएक्सटी (JCB NXT) सिरिजका नवीनतम एक्साभेटरहरू जेसीबी एनएक्सटी २२१ एलसी (JCB NXT 221 LC) फ्युल मास्टर र जेसीबी एनएक्सटी २२५ एलसीएम (JCB NXT 225 LCM) ट्र्याक्ड एक्साभेटर नेपालमा हुने भएको छ ।
सोमबार पत्रकार सम्मेलन गरेर एक्साभेटरहरु लन्च गर्ने घोषणा भएको हो ।
एमएडब्लू अर्थमुभर्स प्रालिका अध्यक्ष विष्णु अग्रवाल यी लन्च हुन लागेका एक्साभेटरहरुको पर्फर्मेन्स उत्कृष्ट भएको दाबी गरे । उनका अनुसार अहिले नेपालमा विस्तारै विकास/निर्माणका कामहरुले गति लिन थालेकाले इक्विपमेन्टहरुको समेत बजारमा चलायमान हुन थालेको बताए । उनले जेसीबी एक्साभेटरको बिक्री नेपालमा सबैभन्दा धेरै रहेको उनको दाबी छ ।
ललितपुरको झम्सिखेल स्थित द प्लाजामा भव्य लन्च कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, ग्राहक र डिलरहरू सहित करिब ७०० जना सरोकारवालाहरूको सहभागिता रहने कम्पनीले विज्ञप्ती मार्फत जनाएको छ ।
कार्यक्रममा मेसिनहरूको विशेष प्रस्तुतीकरण रहनेछ । उक्त प्रदर्शनी पश्चात् जेसीबी एक्साभेटर खरिद गर्ने ११ जना ग्राहकहरूलाई साँचो हस्तान्तरण गर्ने कार्यक्रम छ । कार्यक्रममा जेसीबी इन्डियाका सीईओ तथा एमडी श्री दीपक शेट्टी र एमएडब्लू अर्थमुभर्स प्रालिका अध्यक्ष श्री विष्णु अग्रवालको सहभागी हुनेछन् ।
‘लिडर इन एक्साभेटर’ भन्ने थिममा आधारित रहने शुभारम्भ कार्यक्रमले नेपालको विकासशील पूर्वाधार बजारको लागि अति उपयुक्त र टिकाउ उत्खनन मेसिनरी उत्पादन गर्ने जेसीबीको प्रतिबद्धतामा प्रकाश पारेको कम्पनीको दाबी छ ।
JCB NXT 221 LC फ्युल मास्टरले उच्चतम ऊर्जा दक्षता प्रदान गर्दै जटिल उत्खनन कार्यहरूमा प्रभावकारी कार्य गर्ने तथा JCB NXT 225 LCM ट्र्याक्ड एक्साभेटरले उत्पदकत्त्व वृद्धिका लागि असाधारण हाइड्रोलिक सुविधाहरू प्रदान गर्ने कम्पनीको दाबी छ । एक्साभेटर उत्पादनले नेपालको सडक पूर्वाधार विकास, जलविद्युत र शहरी विस्तार परियोजनाहरूमा बढेको सार्वजनिक लगानीसँगै राष्ट्रिय पूर्वाधार परियोजनाहरूलाई अगाडि बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
जेसीबी एनएक्सटी शृङ्खलाको यो सुरुवात नेपालको निर्माण उद्योगलाई अत्याधुनिक मेसिनरी आपूर्ति गर्ने जेसीबीको समर्पणमा प्राप्त उपलब्धिको ताजा उदाहरणको रूपमा दरिने कम्पनीको दाबी छ ।


















Minister Dr Timilsina visits Security Printing Center, takes updates on license printing
दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
स्याङ्जामा ६ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा
Philippines forces kill 10 Islamist militants in arrest gunfight
कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया