एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं। संविधानसभा सदस्य एवं पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधनपछि एकीकृत समाजवादीको बिहीबारका लागि तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
सापकोटाको बिहीबार बिहान ५९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । उनी एकीकृत समाजवादीका बागमती प्रदेश सहइन्चार्ज पनि थिए ।
एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले बिहिबार बिहान ११ बजेबाट सुरु हुने तय भएको बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको बताए । बैठकका लागि नौ वटा कार्यसूची तय गरिएको छ ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू छन् ।
सापकोटालाई एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको आजै अन्त्येष्टि गर्ने भएको छ ।

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
प्रतिक्रिया