एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं। संविधानसभा सदस्य एवं पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधनपछि एकीकृत समाजवादीको बिहीबारका लागि तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
सापकोटाको बिहीबार बिहान ५९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । उनी एकीकृत समाजवादीका बागमती प्रदेश सहइन्चार्ज पनि थिए ।
एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले बिहिबार बिहान ११ बजेबाट सुरु हुने तय भएको बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको बताए । बैठकका लागि नौ वटा कार्यसूची तय गरिएको छ ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू छन् ।
सापकोटालाई एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको आजै अन्त्येष्टि गर्ने भएको छ ।









एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया