मोदीले दिए दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तालाई शुभकामना

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीकी नवनियुक्त मुख्यमन्त्री रेखा गुप्तालाई बधाइ तथा शुभकामना दिएका छन् ।
बिहीबार दिल्लीको रामलीला मैदानमा शपथ लिएपछि मोदीले मुख्यमन्त्री गुप्तालाई पूर्ण जोशका साथ काम गर्न शुभकामना दिएका हुन् ।
‘दिल्लीको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्रीमती रेखा गुप्ताजीलाई बधाई छ। उहाँ तल्लो तहबाट उठ्नुभएको छ, क्याम्पस राजनीति, राज्य संगठन, नगरपालिका प्रशासनमा सक्रिय हुनुहुन्छ र अहिले विधायक र मुख्यमन्त्री पनि हुनुहुन्छ। मलाई विश्वास छ कि उहाँले दिल्लीको विकासको लागि पूर्ण जोशका साथ काम गर्नुहुनेछ। उहाँलाई फलदायी कार्यकालको लागि मेरो शुभकामना,’ मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
रेखा गुप्ता दिल्लीको नवौं मुख्यमन्त्री तथा चौथो महिला मुख्यमन्त्री बनेकी छिन् । यसअघि सुष्मा स्वराज, शिला दीक्षित र आतिशी मुख्यमन्त्री बनेका थिए । दिल्लीमा परवेश सिंह, आशिष सूद, मनजिंदर सिंह सिरसा, रविन्द्र इन्द्रज सिंह, कपिल मिश्रा र पंकजकुमार सिंह क्याबिनेट मन्त्री बनेका छन् ।
















२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया