आइतबार, वैशाख २०, २०८३

पर्वतका डिएसपी विष्ट भए गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी

मेरोन्यूज २०८१ फागुन ८ गते १८:५५

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन विष्ट गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी बनेका छन्।

Advertisement
NiccNicc

पर्वत जिल्ला प्रहरी प्रमुख रहेका विष्टलाई गण्डकी प्रदेश प्रहरी कार्यालयले माघ महिनाको उत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेको हो।

‘उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०८१’ बमोजिम विष्टलाई गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भोलाबहादुर रावलले माघ महिनाको उत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेका हुन्।

विष्टले अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा कर्तव्य ज्यानमुद्दामा १९ वर्ष ११ महिना ११ दिन कैद फैसला भई २७ वर्षदेखि फरार रहेकी एक महिलालाई पक्राउ गरेका थिए।

यस्तै, विष्टले सरकारी छाप किर्तेमा ११ महिना १७ दिन कैद फैसला भई १२ वर्षदेखि फरार रहेका एक व्यक्ति र अन्य २७ जना फरार अभियुक्त पक्राउ गरेकाले पुरस्कृत गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

विष्टलाई प्रहरी कार्यसम्पादन मूल्यांकनको अभिलेखमा रहने गरी उत्कृष्ट प्रहरी घोषित गरिएको उक्त कार्यालयले जनाएको छ।

प्रतिक्रिया