हमासले इजरायललाई पठायो शव, बन्धक भएकि शिरी बिबास भएकाे दाबी

काठमाडौँ । हमासले शुक्रबार साँझ रेडक्रसलाई हस्तान्तरण गरिएको नयाँ इजरायली बन्धक शिरी बिबासको भएको दाबी गरेको छ । इजरायली चिकित्सा अधिकारीहरूले शवको अनुसन्धान गरिरहेको बताएका छन् ।
यसअघि हमासले बिहीबार इजरायललाई चार शव हस्तान्तरण गरेको थियो । तर, शवको फोरेन्सिक जाँच गरेपछि इजरायलले उक्त शव शिरी बिबासको नभई एक अपरिचित महिलाको भएको बताएको थियो ।
अब फेरि एक पटक हमासले इजरायललाई नयाँ शव हस्तान्तरण गरेको बिबिसीले उल्लेख गरेको छ ।
हमासले अक्टोबर ७, २०२३ मा ३३ वर्षीया शिरी बिबासलाई उनका दुई छोराछोरी, ४ वर्षीया एरियल र ९ वर्षीय काफिरसँगै बन्धक बनाएको थियो ।
इजरायलको सेना आइडिएफले गुप्तचर र फोरेन्सिक अनुसन्धान अनुसार, नोभेम्बर २०२३ मा आमासहित दुई बच्चालाई हमासले बर्बरतापूर्वक मारेको बताएको छ । यद्यपि, हमासले इजरायली बम विस्फोटमा बालबालिका र उनीहरूकी आमा दुवैको मृत्यु भएको बताएको थियो । यस सम्बन्धमा, इजरायलले हमासलाई युद्धविराम सम्झौताका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको छ ।









पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
डेङ्गीको सङ्क्रमण घट्दो क्रममा
जसपाद्वारा उमदेवारको नाम सिफारिस गर्न सर्कुलर
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले गरे उम्मेदवार नबन्ने घोषणा
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
प्रतिक्रिया