नाडाको सहयोगमा पोखरामा नाडा प्रिजेण्ट्स् वाडा अटो शो २०२५ आयोजना हुने

काठमाडौँ । नाडा प्रिजेण्ट्स् वाडा अटो शो २०२५ आउँदो २०८१ चैत्र १४ देखि १७ सम्म पोखराको प्रदर्शनी केन्द्रमा आयोजना हुने भएको छ। यसका लागि वाडाले आजदेखि बुकिङ्ग प्रक्रिया खुल्ला गरेको छ।
पोखरामा पहिलो पटक आयोजना हुन लागेको यस अटो शोको तयारीका लागि नाडाले काठमाडौंमा वाडा अटोमोबाइल डिलर्स एशोसिएशन (वाडा) का पदाधिकारी र सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। प्रदर्शनीमा २ पाङग्रे, ३ पाङग्रे, ४ पाङग्रे, लाइट कमर्शियल, हेभि कमर्शियल, मेसिनरी इक्युप्मेन्ट्स, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स र ग्यारेज उपकरणहरुको प्रदर्शनी हुनेछ।
वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाले यस शोले सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी र उपभोक्तालाई नविनतम् प्रविधिको साक्षात्कार गराउने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। यसैक्रममा नाडाले अन्य प्रमुख सहरहरूमा पनि अटो प्रदर्शनीको आयोजना गर्ने योजना बनाएको छ।










एमाले उपाध्यक्षमा को-को निर्वाचित भए?
एमाले सचिवमा सर्वाधिक मतसहित महेश बस्नेत निर्वाचित, अरु काे-काे भए ? (सूचीसहित)
उपमहासचिवमा लेखराज, योगेश र रघुवीर विजयी
एमाले महासचिवमा शंकर पोखरेल विजयी, पाण्डे दोस्रोपटक पराजित
एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
ओलीसँग भिड्न ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता
अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
तेस्रोपटक अध्यक्ष बन्न ओलीले दर्ता गरे उम्मेदवारी
प्रतिक्रिया