अनुदानमा घाँस काट्ने मेसिन पाएपछि पशुपालक किसान हर्षित

काठमाडौं। विर्तामोड नगरपालिकाले पशुपालक किसानलाई रु ९५ लाख मूल्य बराबरका ३२५ चाफकटर मेसिन(घाँस काट्ने यन्त्र) वितरण गरेको छ ।
पालिकाले छनोटमा परेका किसानलाई ५० प्रतिशत अनुदानमा चाफकटर मेसिन वितरण गरेको हो । गाई वस्तुलाई खुवाइने घाँस थोरै समयमा धेरै टुक्राउन सकिने मोटर जडान गरिएको विद्युतीय चाफकटर पाएर स्थानीय किसान हर्षित भएका छन् ।
किसानलाई प्रविधिमैत्री बनाउँदै कृषिलाई आधुनिक र व्यावसायिक बनाउने सोचअनुसार साझेदारीमा मेसिनरी सामान दिइएको नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाईंले बताए । उनका अनुसार कृषिको विकासलाई नगरपालिकाले बजेटमा उच्च प्राथमिकतामा राख्दै आएको छ ।
निर्वाहमुखी कृषिलाई व्यावसायिक उद्यममा रूपान्तरण गर्दै किसानलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको ठानेरै नगरपालिकाले पशुपालक किसानलाई चाफकटर मेसिन, चिलिङ भ्याट, दाना पिसाउने मेसिन, मिल्क क्यान, चल्ला ओथार्ने मेसिन, काउ म्याटलगायत सामग्री हरेक वर्ष वितरण गर्दै आएको विर्तामोडका पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख डा नगेन्द्र खड्काले बताए।
उनका अनुसार एउटा चाफकटर मेसिनको मूल्य रु २९ हजार ५०० रहेको छ । किसानले मूल्यको ५० प्रतिशत साझेदारी गरेका छन् । उनले भने, “चाफकटर मेसिन २५ वटा भर्खरै वितरण गरेका छौँ । यसअघि ३०० मेसिन वितरण गरेका थियौँ ।”
नगरपालिकाले साझेदारीमा दिएको मेसिनरी सामानको सदुपयोग भइरहेको कृषक लयप्रसाद रिजालले बताए । “नगरपालिकाले किसानहरुलाई आधुनिक प्रविधि भित्राउन प्रोत्साहन र अनुदान दिइरहेको छ”, उनी भन्छन्, “सबै किसान साथीहरुले सहयोगको सदुपयोग गर्नु भएको छ, मेसिनसँगै तालिम र सिप पनि किसानले पाउनुभएको छ ।”
नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर चाफकटर चाहिएका किसानबाट निवेदन मागेको थियो । मागभन्दा धेरै निवेदन पर्ने गरेका कारण स्थलगत अनुगमनपश्चात् अनुदान पाउन योग्य किसानको छनोट हुने गरेको पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख डा खड्काले बताए ।
















मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
5 terrorists killed in security operation in NW Pakistan
Zelensky expects halt to attacks on Ukrainian cities amid severe cold
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया