विवाह बन्धनमा बाधिइन् अभिनेत्री नरगिस

काठमाडौँ । बलिउड अभिनेत्री नरगिस फाखरीले लस एन्जलसमा आयोजित एक निजी समारोहमा आफ्ना प्रेमी टोनी बेगसँग विवाह गरेकी छन् । टाइम्स अफ इन्डियाका अनुसार, यो जोडीले हालै एक सामान्य समारोहमा विवाह गरेका थिए, जसमा उनीहरूका नजिकका परिवारका सदस्यहरू र साथीहरू मात्र उपस्थित थिए ।
रिपोर्टका अनुसार गोपनीयता कायम राख्न दम्पतीले समारोहको कुनै पनि तस्बिर नखिचिएको बताइएको छ । गोप्य विवाह पछि, यो जोडी हाल स्विट्जरल्याण्डमा आफ्नो हनिमून मनाइरहेका छन् । नरगिस फाखरीले आफ्नो इन्स्टाग्राम स्टोरीमा आफ्नो र टोनी बेगको सँगैको तस्बिर पनि सेयर गरेकी छिन् । नरगिस फाखरी र टोनी बेग विगत तीन वर्षदेखि सम्बन्धमा रहेको बताइएको छ । टोनीलाई कश्मीरी मूलका व्यापारी मानिन्छ, जो हाल लस एन्जलसमा बस्छन् ।
अभिनेत्री नरगिस यसअघि अभिनेता उदय चोपडासँग सम्बन्धमा रहेकी थिइन् । २०१३ देखि उदयसँग सम्बन्धमा रहेकी नरगिसको २०१९ मा ब्रेकअप भएको थियो ।
नरगिसको रणवीर कपूरसँगको फिल्म ‘रकस्टार’ बलिवुडमा प्रसिद्ध भएकी थिइन् । त्यसपछि उनी ‘मद्रास क्याफे’, ‘फटा पोस्टर निकाला हिरो’, ‘मैं तेरा हिरो’, ‘सगसम’, ‘अजहर’, ‘ढिशूम’ र ‘तोरबाज’ जस्ता फिल्महरूमा देखा परेकी थिइन् ।












आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प
थारु संस्कृतिमा रङ भर्दै सोमिना
बैतडी जिप दुर्घटना अपडेट: मृतकको संख्या ४ पुग्यो
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
प्रतिक्रिया