काठमाडौंको चण्डोलमा तास खेलिरहेका पाँचजना पक्राउ

काठमाडौं । काठमाडौंमा तास खेलिरहेको अवस्थामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९, रातोपुलकी ६२ वर्षीया विजया श्रेष्ठसहितका व्यक्तिहरू छन् ।
काठमाडौं–४, चण्डोलस्थित सरिता धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (फागुन ९) साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद एक लाख ३७ हजार रुपैयाँ र सात बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उदयपुरमा ६ जना पक्राउ
उदयपुरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१२, बुद्धचोकका ३४ वर्षीय ठमान राईसहितका व्यक्तिहरू छन् ।
त्रियुगा–१२ की ४५ वर्षीया बबिता चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नगद ४१ हजार ८२५ रुपैयाँ र १८ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको हो ।
















हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया