हमासले सबै बन्दी रिहाइको ग्यारेन्टी नगरेसम्म कसैलाई नछाड्ने नेतान्याहुको भनाइ

इजरायल । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनी जेलबाट थप बन्दी छाड्न आनाकानी गरेका छन्।
हमासले शनिबार ७ अक्टोबर २०२३ मा बन्दी बनाइएका चार तथा त्यसअघि बन्दी बनाएका दुई जनालाई छाडेको हो।आफ्ना बन्दी छुटेपछि नेतान्याहुले अन्य बन्दीको रिहाइ ग्यारेन्टी नभएसम्म कसैलाई पनि नछाड्ने बताएका हुन्। उनले हमासले बारम्बार युद्ध विराम उल्लङ्घन गरेको आरोप समेत लगाए।
अर्को शनिबार हमास र इजरायलको पहिलो चरणको युद्ध विरामको समय सकिने छ। यस बिचमा शनिबार हमासले पहिलो चरण अन्तरगतको अन्तिम पटक जीवित बन्दी हस्तान्तरण गरेको हो।
अर्को साता चार जनाको शव हमासले इजरायललाई हस्तान्तरण गर्ने अनुमान गरिएको छ। ७ अक्टोबर २०२३ मा बन्दी बनाइएका मध्य ६२ जना अझै रिहा हुन बाँकी छन्। यस मध्यका करिब आधाको ज्यान गइसकेको अनुमान छ। दोस्रो चरणको रिहाइको कार्यक्रम १ मार्चबाट सुरु हुने अनुमान गरिएको छ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया