एनिमलको सेटमा रणवीरले रश्मिकालाई दिएका थिए सरप्राइज

काठमाडौं। अभिनेत्री रश्मिका मन्डानाले फिल्म एनिमलको सुटिङको क्रममा रणवीर कपूरले आफुलाई सरप्राइज दिएको बताएकी छन् ।
हालै दिएको एक अन्तर्वातामा अभिनेत्रीले यसबारे खुलासा गरेकी हुन् । उनले भनिन् ‘जब म फिल्म एनिमलको सुटिङ गर्दै थिएँ, मेरो ब्रेकफास्ट धेरै बोरिंग थियो। म हरेक दिन यसको बारेमा गुनासो गर्थें।’
‘रणवीरले यो कुरा थाहा पाउनुभयाे। एक दिन उहाँले आफ्नो भान्छेलाई मेरो लागि ब्रेकफास्ट बनाउन भन्नुभयाे। जब नास्ता आयाे म रुन थालेँ। त्यो एकदमै मिठाे थियो,’ रश्मिकाले थप भनिन्।
रणवीरले आफुलाई यस्तो खाना कसरी खान्छाै भनि सोधेको अभिनेत्री बताउँछिन्।
‘रणवीरले मलाई सोध्नुभयाे कि तिमी किन यति बोरिंग ब्रेकफास्ट खान्छौ।’ जवाफमा मैले भनेँ- तपाईंसँग राम्रा भान्सेहरू छन्। हामीसँग कुनै पनि छैन। हामी आम जनता हौं। हामी हैदराबादबाट कुनै पनि कुकलाई बोलाउन सक्दैनौं,’ अभिनेत्रीले भनिन्।
फिल्म एनिमलमा रश्मिका रणवीरकी श्रीमतीको भूमिकामा देखिएकी थिइन्। रणवीर र रश्मिकाका अलावा फिल्ममा अनिल कपूर, तृप्ति डिमरी, बबी देओल, सौरभ सचदेवा, प्रेम चोपडा र शक्ति कपूर पनि थिए।
सन्दीप रेड्डी वांगाद्वारा निर्देशित यो फिल्मले विश्वभर करिब ९०० करोड रुपैयाँ भारु कमाएको थियो।













कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
Gold and silver price continues surge
Discussions ongoing on reports in NC’s Special General Convention
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया