मंगलबार, वैशाख २२, २०८३

रौतहटमा अवैध सालको काठसहित दुईजना पक्राउ

मेरोन्यूज २०८१ फागुन ११ गते १३:३०


रौतहट। प्रहरी गस्ती टोलीले अवैध सालको चिरान काठसहित दुईजनालाई पक्राउ गरेको छ ।

Advertisement
NiccNicc

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले शनिबार राति साढे १ बजे चन्द्रपुर नगरपालिका–४ स्थित अवैध काठसहित दुईजनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा स्थानीय वर्ष ३२ का जयकिशोर कुमार र वर्ष ४० को सनिचर धामी रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपि दीप कुमार रायले बताए।

उनीहरूको साथबाट चारवटा साइकलमा लोड गरी लुकाईछिपाई चिडया दहबाट चन्द्रनिगाहपुरतर्फ लैजाँदै गरेको अवस्थामा करिब २१ क्युफिट सालको १३ थान चिरान काठ बरामद गरी कारवाहीका लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहट पठाइएको प्रहरीले जनाएको छ । 

चाडपर्वको समयमा वन कर्मचारीले गस्ती कम गरेपछि रौतहटमा तस्कर समूहले अबैध रुपमा काठ कटानी तथा ढुवानी तीब्र गतिमा गर्ने गरेको प्रत्यक्षदर्शीले बताए।

प्रतिक्रिया