रौतहटमा अवैध सालको काठसहित दुईजना पक्राउ

रौतहट। प्रहरी गस्ती टोलीले अवैध सालको चिरान काठसहित दुईजनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले शनिबार राति साढे १ बजे चन्द्रपुर नगरपालिका–४ स्थित अवैध काठसहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय वर्ष ३२ का जयकिशोर कुमार र वर्ष ४० को सनिचर धामी रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपि दीप कुमार रायले बताए।
उनीहरूको साथबाट चारवटा साइकलमा लोड गरी लुकाईछिपाई चिडया दहबाट चन्द्रनिगाहपुरतर्फ लैजाँदै गरेको अवस्थामा करिब २१ क्युफिट सालको १३ थान चिरान काठ बरामद गरी कारवाहीका लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहट पठाइएको प्रहरीले जनाएको छ ।
चाडपर्वको समयमा वन कर्मचारीले गस्ती कम गरेपछि रौतहटमा तस्कर समूहले अबैध रुपमा काठ कटानी तथा ढुवानी तीब्र गतिमा गर्ने गरेको प्रत्यक्षदर्शीले बताए।









पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
डेङ्गीको सङ्क्रमण घट्दो क्रममा
जसपाद्वारा उमदेवारको नाम सिफारिस गर्न सर्कुलर
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले गरे उम्मेदवार नबन्ने घोषणा
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया