श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
मेरोन्यूज
२०८१ फागुन १३ गते ८:४०

बैंकक । सरकारले तोकेको मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास बैंककले पुनः अनुरोध गरेको छ ।
कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेका र उद्धारका लागि कठिनाइ भइरहेको उल्लेख गर्दै दूतावासले प्रक्रियाअनुसार वैदेशिक रोजगारीमा जान पुनः आग्रह गरेको हो ।
अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरेको छ । सो दूतावासले सोमबार दुई नेपाली नागरिकलाई उद्धार गरेर नेपाल फिर्ता पठाएको हो ।
दूतावासले कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतुले वैदेशिक रोजगारीमा नआउनका लागि सम्बन्धित सबैमा पुनः अनुरोध गरेको छ ।
सम्बन्धित















Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
प्रतिक्रिया