शनिबार, पुष ५, २०८२

फोटोनको ‘टोटल केयर एनुअल सर्भिस पार्टनर्स मिट’ सम्पन्न, आफ्टर सेल्स सर्भिसलाई सुदृढ गर्ने दिशामा एमएडब्लू वृद्धि

मेरोन्यूज २०८१ फागुन १३ गते १३:४१

काठमाडाैं । फोटोन नेपालले नेपालभरिबाट लगभग १७ वटा सर्भिस नेटवर्क पार्टनरहरूलाई भेला गर्दै चितवनको रेजेन्टा रिसोर्ट र स्पामा ‘टोटल केयर वार्षिक सर्भिस पार्टनर बैठक’ सम्पन्न गरेको छ ।

कार्यक्रममा फोटोनको भरपर्दो र कुशल ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई अझ प्रभावकारी बनाउन आफ्टर सेल्स सर्भिसको निरन्तरता, कार्यसम्पादनको समीक्षा र भविष्यमा सुधारहरूका लागि तयारी गर्नेबारेमा विस्तृत रूपमा छलफल भएको थियो ।

यस भेलाले फोटोनलाई आफ्टर सेल्स सर्भिसमा गत वर्षको कार्यसम्पादन मूल्याङ्कन गर्न एक रणनीतिक प्लेटफर्म प्रदान गर्दै भविष्यमा गर्न सकिने सुधारहरू पहिल्याउन मद्दत पुगेको बताइएको छ । साथै, रेस्पोन्स समयको गति र सेवा दक्षतामा सुधार र ग्राहक सन्तुष्टि वृद्धिका विषयमा पनि छलफल भएको थियो ।

कार्यक्रममा नेपालभरि फोटोन सेवाको पहुँच र सुविधा बढाउने उद्देश्यले सेवा नेटवर्क विस्तार गर्ने योजनाहरू पनि प्रस्तुत गरिएका थिए । कार्यक्रमको नारा ‘अ रिलायबल आफ्टर सेल्स सर्भिस’ले फोटोनको बढ्दो ग्राहक आधारलाई सेवा दिन उत्कृष्ट र सुसञ्चारित सेवा नेटवर्क कति महत्त्वपूर्ण हुन्छ भन्ने जनाउँछ । प्रत्यक्ष रूपमा संलग्न सर्भिस पार्टनरहरूले कार्यशाला सञ्चालन, नयाँ सेवा प्रविधिहरू र सेवामा उत्कृष्टता बढाउने उत्तम अभ्यासहरू अवलम्बन गर्नेबारेमा महत्त्वपूर्ण छलफल गरेका थिए ।

फोटोन नेपाल आफ्ना सबै ग्राहकहरूले सम्भव भएसम्मको आफ्टर सेल्स सर्भिस प्राप्त गर्ने सुनिश्चितताका लागि प्रविधि र रणनीतिक सम्बन्धहरूमा लगानी गर्दै निरन्तर आफ्नो सेवा विस्तार गर्न प्रतिबद्ध छ । यो संस्था केही प्रस्तावित उपायहरू कार्यान्वयन गर्न र नेपालमा व्यावसायिक सवारीसाधनको सेवा उत्कृष्टतामा बलियो स्थान बनाउन तत्पर छ ।

प्रतिक्रिया