इन्डोनेसियामा शक्तिशाली भूकम्पकाे धक्का

काठमाडौँ । इन्डोनेसियाको सुलावेसी टापुको तटमा बुधबार भूकम्पको धक्का महसुस गरिएको छ । संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार बुधबार इन्डोनेसियाको सुलावेसी टापुको तटमा ६.१ म्याग्निच्युडको भूकम्प महसुस गरिएको थियो ।
अहिलेसम्म कुनै पनि प्रकारको क्षतिको विवरण प्राप्त भएको छैन । संयुक्त राज्य भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु सुलावेसी प्रान्त नजिकै १० किलोमिटर गहिराइमा थियो ।
इन्डोनेसिया ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित छ, जहाँ टेक्टोनिक प्लेटहरूको चालका कारण भूकम्प जान्छ । जनवरी २०२१ मा सुलावेसीमा ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो जसमा १०० भन्दा बढीको मृत्यु भएको थियो भने हजारौं घरबारविहीन भएका थिए । २०१८ मा, सुलावेसीको पालुमा ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा २,२०० भन्दा बढीको मृत्यु भएको थियो ।
२००४ मा, आचे प्रान्तमा ९.१ म्याग्निच्युडको भूकम्प गएको थियो, जसले गर्दा सुनामी आएको थियो जसले इन्डोनेसियामा १,७०,००० भन्दा बढी मानिसहरूको ज्यान लिएको थियो।


















श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
नगर विकास समितिका पूर्वअध्यक्ष रसायली पक्राउ
संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ
बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
धनुषामा पुरुषको शव फेला
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया