बीवाईडी हाई–टेक विक सुरु, नेपाली सडकमा नगुडेका ५ नयाँ मोडल सार्वजनिक
मेरोन्यूज
२०८१ फागुन १४ गते १८:३६

काठमाडौं । नेपालका लागि बिवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बिवाईडी हाई–टेक विक सुरु गरेकाे छ ।
आज फागुन १४ देखि १८ गतेसम्म चल्ने विक बुधबार काठमाडौंको एभरेष्ट होटेलमा सुरु भएको हाे।
प्रदर्शनीको पहिलो दिन नेपाली सडकमा नगुडेका ५ नयाँ मोडलका लक्जरियर्स गाडी सार्वजनिक गरिएकाे छ । डेन्जा डी ९, शार्क ६, डेन्जा जेट ९ जीटी, बायो ५, यु८ गाडी सार्वजनिक भएका हुन्।
यी गाडी नेपालमा भएका गाडीको तुलनामा नयाँ प्रविधिसहितका छन् ।
बीवाईडी हाई–टेक विक २०२५ ले जनचेतना प्रदान गर्ने, इनोभेसनलाई बढावा दिने र नेपालको मोबिलिटी भविष्यलाई अझै तीव्रता दिने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।





सम्बन्धित









स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्दै
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया