भारतीय केरा आयातले नेपालमा उत्पादित केराको बजार प्रभावित

काठमाडौं ।भारतीय केराको आयातले यहाँ उत्पादित केराको बजारलाई प्रभावित बनाएको छ । भारतबाट वैध र अवैध दुवै रुपमा भित्रिएको केराले बजार प्रभावित बनाएको हो ।
चितवन केरा उत्पादक संघका अध्यक्ष माधव घिमिरेका अनुसार अहिले यहाँको केरा बजारीकरणका लागि तयारी अवस्थामा छन् । बजारमा भारतीय केराले स्थान पाउँदा यहाँको उत्पादनले सहजै बजार पाउन कठिन भएको उनले बताए ।
भारतमा ठूला र चिल्ला केरा उत्पादन हुने हुँदा यहाँका केराको तुलनामा भारतीय केरामा ग्राहकको आँखा पर्ने गर्दछ । नेपालको बजारमा ४० प्रतिशत केरा भारतबाट आउने गर्दछ । थोरै केरामात्र भन्सार तिरेर आउने गरेको भए पनि धेरै अवैध रूपमा भित्रने अध्यक्ष घिमिरेको दाबी छ ।
उनले भने “कृषिको अरू उत्पादन सहज आउन रोक्दा केरालाई सरकारले रोक्दैन ।” केरा आयातमा रोक लगाइएमा नेपालमा आत्मनिर्भर हुनसक्ने गरी उत्पादन गर्न सकिने उनको भनाइ छ । देशकै सबैभन्दा बढी केरा उत्पादन हुने चितवनमा तीन हजार दुई सय हेक्टर हाराहारीमा केरा खेती हुँदै आएको छ । यहाँका सात सय बढी किसान केराखेतीमा संलग्न छन् ।
हरियो केरा, चिनी चम्पा, माल्भोग जातका केरा व्यावसायिक रूपमा लगाइएको छ । चैतदेखि साउन सम्मलाई किसानले केरा उत्पादनको मुख्य सिजनको रूपमा लिने गर्दछन् ।














Over 20 killed in train accident at China-backed project in Thailand
सेयर बजारमा झिनो अंकको सुधार
सुमन सायमीको समूह नेकपामा समाहित
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया