हमासले चार शव बुझाएसँगै पहिलो चरणको बन्दी हस्तान्तरण सकियो

हमासले फिर्ता गर्यो थप चार बन्धकको शव
काठमाडौँ । इजरायलले ६०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेसँगै हमासले चार बन्धकहरूको शव फिर्ता गरेको छ ।
इजरायल र हमासबीचको सम्झौताको पहिलो चरण अन्तर्गत यो बन्धक र कैदीहरूको अन्तिम आदानप्रदान थियो ।
हमासले हस्तान्तरण गरेका चार बन्धकहरूको शव अझै पहिचान हुन सकेको छैन र इजरायलले उनीहरुको डिएनए टेस्ट गरिरहेको बताएको छ ।
तर हमासले उनीहरूको नाम खुलासा गरेको छ। हमासका अनुसार यसमा ८६ वर्षीय सलोमो मन्सुर, ५० वर्षीय ओहाद याहालोमी, ५० वर्षीय सच्ची इदान र ६९ वर्षीय इत्जिक अल्ग रात समावेश छन्।
उनलाई ७ अक्टोबर २०२३ मा हमासले बन्धक बनाएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यी बन्धकहरूको शव फिर्ता गरिएको पुष्टि गरेका छन् ।
योसँगै युद्धविरामको पहिलो चरणको सहमति अनुसार हमासले २५ जना बन्धकलाई रिहा गरेको छ छ । जसमा १७ जना इजरायली र ८ जना थाइल्याण्डका नागरिक रहेका थिए । त्यस्तै हमासले ८ जनाको शव पनि फिर्ता गरेको छ ।
पहिलो चरणमा ३३ जना बन्धक रिहा गर्ने सम्झौता भएको थियो । अब दोस्रो चरणको युद्धविराम सम्झौताको लागि बार्ता भइरहेको बताइएको छ ।











नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ
महोत्तरीमा चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
ओली र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया