मलद्वारमा लुकाएर ल्याएको झन्डै चार किलो सुनसहित चार विदेशी पक्राउ
मेरोन्यूज
२०८१ फागुन १५ गते ११:२६

काठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै चार किलो सुनसहित चारजनालाई पक्राउ गरेको छ।
बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका उज्बेकिस्तान नागरिकले मलद्वारमा लुकाएर ल्याएको तीन किलो ७४५ ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुस्अनोभ छन् ।
उनीहको गतिविधि शंकास्पद रहेकाले विमानस्थलमा खटिएको प्रहरीले भिडियो एक्सरे गरेर हेर्दा सुन देखिएको थियो।
तीन महिलाले मलद्वारमा डल्लो बनाएर ल्याएको बताइएको छ। तर पुरूषको साथबाट भने केही बरामद नभएको प्रहरीले बताएको छ। अहिले उनीहरूमाथि अनुसन्धान भइरहेको छ।
सम्बन्धित










कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया