विद्युतीय सवारीमा दिइने ऋणमा कडाइ, अब ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने
मेरोन्यूज
२०८१ फागुन १५ गते १३:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय सवारीसाधनमा दिँदै आएको कर्जा लगानीमा कडाइ गरेको छ।
बैंकले मंगलबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सवारीसाधनको ‘लोन टू भ्यालु रेसियो’मा फेरबदल गरेको हो।
जसअनुसार व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (Loan to Value Ratio) को सीमालाई ६० प्रतिशत कायम गरिएको छ । जसको अर्थ अब बैंकहरूले विद्युतीय सवारी खरिदमा त्यसको मूल्यको ६० प्रतिशतसम्म मात्रै ऋण प्रवाह पाउनेछन् भने ग्राहकले बाँकी ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ ।
यसअघि विद्युतीय सवारी साधनहरूका लागि ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म रहेको थियो । उक्त व्यवस्था अनुसार बैंकहरूले गाडीको मूल्यको ८० प्रतिशतसम्म ऋण दिने र बाँकी २० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुन्थ्यो ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया