प्रधानमन्त्री ओलीसँग सचेत रहन देउवालाई माधव नेपाल आग्रह

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सचेत रहन आग्रह गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आयोजना गरेको भूमि अध्यादेशबारे आयोजित अन्तरक्रिया कार्यक्रममा संविधान संशोधनको नाममा अर्को गठबन्धन बनाएको टिप्पणी गरेका हुन् ।उनले भने, ‘संविधान संशोधन गर्ने नाममा एउटा अर्को गठबन्धन ल्याइयो । अब त संशोधन होला भनेको, ०८७ मा संशोधन गर्ने कुरा फेरि सुरु भयो । ०८७ सम्म यही प्रधानमन्त्री टिक्ने हो कि, बस्ने हो कि ? होसियार है, शेरबहादुरजी तपाईँले खुबै विश्वास गर्नुहुन्छ। फेरिसँगै स्वर्ग जाउँला भनेर मक्ख परेर बस्नुभएको होला । नर्क पुर्याइदेलान् है होस् गर्नुस् ।’
उनले सरकारले भूमिसम्बन्धी अध्यादेशलाई फिर्ता लिनुपर्ने बताए । उनले अध्यादेशको समर्थन गर्छु भनेर अलमलमा नपर्न जसपालाई आग्रह गरे ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया