महायज्ञमा एकैदिन १० लाख रकम सङ्कलन

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित बैङ्कटेश लक्ष्मीनारायण मन्दिरमा अक्षय कोष स्थापना तथा मन्दिर मर्मतसम्भार, धर्मशाला निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको श्रीमद्भागवत ज्ञान महायज्ञमा आज एकैदिन १० लाख रुपैयाँ सङ्कलन भएको छ ।
महायज्ञ मूल समितिका संयोजक गोविन्दप्रसाद रजौरेका अनुसार महायज्ञमा तुलसीपुर–५ का जमुनाप्रसाद गुप्ताले एक लाख १५ हजार दान गरेका छन् । उनले आफ्ना परिवारजनको स्मृतिमा सो रकम दान गरेका हुन् ।
त्यस्तै रायणी रजौरेले आफ्ना पिता उमाकान्त रजौरे, माता गीतादेवी रजौरे, श्रीमान् हरिप्रसाद अधिकारी र भाइ चन्द्रमणि रजौरेको स्मृतिमा एक लाख पाँच हजार दान गरेकी छन् । यसैगरी तुलसीपुर–६ रजौराका गोविन्दप्रसाद लम्सालले एक लाख ११ हजार रुपैयाँ, सोही ठाउँका विजय थापाले एक लाख एक हजार पाँच सय पाँच रुपैयाँ तथा सोही ठाउँकै नवराज रजौरेले एक लाख एक सय ५५ रुपैयाँ दान गरेका छन् ।
त्यस्तै तुलसीपुर–६ का वासुदेव अधिकारीले एक लाख एक हजार रुपैयाँ, संयोजक गोविन्दप्रसाद रजौरेले एक लाख एक सय रुपैयाँ, बाँकेको कोहलपुरका हरिनारायण आचार्यले एक लाख एक हजार एक सय ११ रुपैयाँ तथा सल्यानको पिपल्नेटाका ईश्वरीप्रसाद गौतमले ५० हजार एक सय पाँच रुपैयाँ रकम दान गरेका छन् ।
महायज्ञको मूल वाचकमा मन्दिरका मठाधिश बाल ब्रह्मचारी स्वामी श्रीकेशव चार्य (सूर्यपाकी) रहेका छन् । महायज्ञमा धाञ्चल, तुलादान, गोवर्धन पूजा, १००८ शालिग्राम प्रदक्षिणा एवं अर्चना, गौपूजा, व्रतबन्ध, लक्ष्यवर्ती प्रज्वलन र ८४ पूजालगायत अवसर प्रदान गरिएको छ । दान गर्ने सबैलाई आजै एक कार्यक्रमबीच सम्मान गरिएको छ । उनीहरूलाई वैष्णव परिषद् नेपालका केन्द्रीय अध्यक्ष तथा स्वामी देवराजचार्यले दोसल्ला र कदरपत्रद्वारा सम्मान गरेका हुन् ।















Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
प्रतिक्रिया