ह्वाइटहाउसमा ट्रम्प र जेलेन्स्कीबीच के के भयो ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसको ओभल अफिसमा कसैले पनि अपेक्षा नगरेको घटना घट्यो । शान्ति सम्झौताको बारेमा रुस र युक्रेनबीच भइरहेको वार्ता अचानक वाकयुद्धमा परिणत भयो ।
ट्रम्प र जेलेन्स्की एकअर्कासँग बहस गर्दै र एकअर्कालाई दोषारोपण गर्दै गरेको देखियो । परिस्थिति यस्तो बिन्दुमा पुग्यो कि ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्न र सम्झौता तयार भएपछि मात्र वार्तामा आउन भने । यो सम्पूर्ण घटनाका कारण युक्रेन र अमेरिकाबीच खनिज सम्झौता हुन सकेन र युक्रेन अमेरिकाबाट खाली हात फर्कनु पर्यो । यद्यपि, सामाजिक सञ्जाल एकसमा उनले ट्रम्पलाई उनको समर्थनको लागि धन्यवाद दिए र भने, ‘युक्रेनलाई न्यायपूर्ण र दिगो शान्ति चाहिन्छ।’
युक्रेन-अमेरिका वार्ता असफल भएपछि, युक्रेनी राष्ट्रपतिले फक्स न्यूजलाई एक विशेष अन्तर्वार्ता दिए । यसमा उनले विवादको लागि माफी मागेनन्, तर उनले यो प्रकरणलाई दुवै पक्षको लागि राम्रो ठानेनन् । यद्यपि, जेलेन्स्कीले यदि अमेरिकाले आफ्नो हात फिर्ता लियो भने, हामीलाई युक्रेनलाई रूसबाट जोगाउन गाह्रो हुने बताए । उनले सम्पूर्ण घटना टेलिभिजनमा देखाइएकोमा दुःख व्यक्त गरे । उनले भने- ‘म विनम्र हुन चाहन्छु । म राष्ट्रपतिलाई सम्मान गर्छु । म अमेरिकी जनताको सम्मान गर्छु ।’
ओभल अफिसमा भएको बैठकमा जेलेन्स्कीमाथि ट्रम्पले आक्रोश पोखेका थिए । उनले जेलेन्स्कीलाई लाखौं मानिसको जीवनसँग खेलेको भन्दै आलोचना गरे । ट्रम्पले जेलेन्स्कीको कार्यले तेस्रो विश्वयुद्ध निम्त्याउन सक्ने समेत बताए । यसपछि, जेलेन्स्की अचानक अमेरिकासँगको महत्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर नगरी ह्वाइट हाउसबाट निस्किए । ट्रम्पले युक्रेनलाई भविष्यमा सहयोग गर्न यो एक शर्त भएको भन्दै सम्झौताको खोजी गरेका थिए ।
ट्रम्प, जेलेन्स्की र प्रतिनिधिमण्डलले दिउँसो लन्च गर्ने समेत बताइएको थियो । यो व्यवस्था क्याबिनेट कोठा बाहिर गरिएको थियो, तर तनावपूर्ण बहसपछि स्थगित भएको थियो ।
ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र जेलेन्स्कीले लगभग ४५ मिनेट वार्ता गरे, जसमध्ये अन्तिम १० मिनेट तीन जनाबीच चर्को बहस भएको थियो । आफ्नो पक्ष प्रस्तुत गर्दै जेलेन्स्कीले रुसको कूटनीति प्रतिको प्रतिबद्धतामाथि शंका व्यक्त गरेका थिए । यसका लागि, मस्कोले तोडेका प्रतिबद्धताहरूलाई उनले उद्धृत गरेका थिए ।
यो तनावपूर्ण अवस्था उपराष्ट्रपति भान्सले जेलेन्स्कीलाई यसो भनेपछि शुरु भएको थियो- ‘मलाई लाग्छ कि तपाईं ओभल अफिसमा आएर अमेरिकी मिडियाको अगाडि यो मुद्दा चलाउन खोज्नु अपमानजनक छ । म यो कुरा पूर्ण सम्मानका साथ भन्दैछु ।
जेलेन्स्कीले आपत्ति जनाउन खोजे, जसको जवाफमा ट्रम्पले ठूलो स्वरमा भने, ‘तिमी लाखौं मानिसहरूको जीवनसँग खेलिरहेका छौ । तिमि तेस्रो विश्वयुद्धको निम्तो दिइरहेका छौं र जे गरिरहेका छौ, त्यो देशप्रति अत्यन्तै अनादरपूर्ण छ ।’
बैठकको सुरुमा ट्रम्पले अमेरिकाले युक्रेनलाई सैन्य सहयोग प्रदान गरिरहने तर धेरै सहयोग प्रदान नगरिने बताएका थिए ।
यो सबै घटनाक्रम पछि जेलेन्स्कीको अमेरिका भ्रमण कुनै सम्झौता बिना सकिएको छ । यस घि हुने भनिएको खनिज सम्झौता समेत हुन सकेन । जेलेन्स्कीले पुटिनले सधै सहमतिको उलंघन गरेको र युद्ध पनि उनैले शुरु गरेको हुनाले सुराक्षा ग्यारेन्टी बिना कुनै सहमति नगर्ने अडान लिएको देखिएको छ । राष्ट्रपति ट्रम्प र उनको प्रशासनले भने जेलेन्स्कीमाथि दबाब बढाएर खनिज सम्झौता गर्ने र पुटिनलाई खुशी नै राखेर युद्धविराम गराउने रणनीति बनाएको बुझेपछि जेलेन्स्की झस्किएको मिडिया रिपोर्टमा उल्लेख छ ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया