एभरेष्ट बैंकको ऋणपत्र आजदेखि बिक्री खुला

काठमाडौ, फागुन १८ । एभरेष्ट बैंकले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १८ इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।
बैंकले १० वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०९१’ जारी गरेको हो । यसमा वार्षिक ७.५० ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गरेको छ ।
यस ऋणपत्रमा फागुन २१ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने चैत ३ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
यसैगरी, बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो । यसमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।













ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
प्रचण्ड र रविबीच कुराकानी
रुकुम पश्चिममा काठले च्यापिएर एक जनाको मृत्यु
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
प्रतिक्रिया