नेपाली बजारमा आउँदै रियलमी नोट ६० र नोट ६०, यस्ता छन् फिचर्स

काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपालमा उपलब्ध गराउने भएको छ ।
आर्मरशेल प्रोटेक्सन, आईपी रेटेड डस्ट एण्ड वाटर रेजिस्टेन्स, शक्तिशाली यूनिसोक टी ६१२ प्रोसेसर र ५००० एमएएच ब्याट्री सहित यी स्मार्टफोनहरूले उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीले जानकारी दिएको छ । यसमा ४८–महिनाको फ्ल्युएन्सी सर्टिफिकेसन रहेको छ ।
रियलमी नोट ६० र रियलमी नोट ६० एक्स मा ८ प्रकारका प्रोटेक्सन प्रविधिहरू समावेश रहेका छन् जसमा मेटल, फोम र सिलिकन सामग्रीहरूको प्रयोग गरिएका छन् ।
रियलमी नोट ६० मा आईपी ६४ रेटेड डस्ट एण्ड वाटर रेजिस्टेन्स सुविधा पनि रहेको छ भने रियलमी नोट ६० एक्सले आईपी ५४ प्रमाणपत्र पाएको छ जसले अनपेक्षित दुर्घटनाबाट फोनलाई सुरक्षित राख्छ ।
यी स्मार्टफोनहरू ३२० भन्दा बढी कडा गुणस्तरीय परीक्षणहरू पार गर्दै बनेको कम्पनीले जनाएको छ ।
१०,००,००० पटक बटन प्रेस परीक्षण, ४०,००० पटक युएसबी प्लग इन र अनप्लग परीक्षण, २१ दिनसम्म उच्च तापक्रम (६५ डिग्री सेल्सियस) परीक्षण र १४,००० पटक माइक्रो ड्रप परीक्षण सहितका टियुभी राइनल्याण्ड उच्च विश्वसनीयता प्रमाणपत्रद्वारा यी स्मार्टफोनहरू प्रमाणित गरिएका छन् ।
५००० एमएएचको शक्तिशाली ब्याट्री सहित दुवै स्मार्टफोनहरूले लामो समयसम्म पावर प्रदान गर्छन् । रियलमी नोट ६० मा ३२ घण्टासम्मको भ्वाइस कल टाइम र रियलमी नोट ६० एक्समा ४८ दिनसम्मको स्ट्यान्डबाइ मोडको क्षमता रहेको छ ।
१००० पटकको चार्ज साइकल पूरा गरेपछि पनि ब्याट्रीको हेल्थ ८०% कायम रहने कम्पनीको दाबी छ । स्ट्रीमिङ, गेमिङ वा मल्टीटास्किङमा पनि रियलमी नोट ६० र रियलमी नोट ६० एक्स लगातार प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
दुवै स्मार्टफोनहरू शक्तिशाली यूनिसोक टी ६१२ चिपसेटद्वारा सञ्चालित छन् जसले २,५२,५९७ एन्टुटु बेन्चमार्क स्कोर हासिल गरेका छन् ।
रियलमी नोट ६० मा ३२ मेगापिक्सेल सुपर क्लियर क्यामेरा रहेको छ भने नोट ६० एक्स मा ६.७ इन्चको ९० हर्ज आई कम्फर्ट डिस्प्ले छ ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया