इरानी सांसदहरूले अर्थमन्त्रीलाई बर्खास्त गर्ने पक्षमा मतदान गर्ने

तेहरान । उच्च मुद्रास्फीति र राष्ट्रिय मुद्रा रियालको तीव्र अवमूल्यनपछि इरानको संसद्ले आइतबार देशका अर्थमन्त्रीविरुद्ध महाभियोगको कार्यवाही सुरु गरेको छ ।
आइतबार कालो बजार ९ब्ल्याक मार्केट० मा रियाल अमेरिकी डलरको तुलनामा नौ लाख २० हजारभन्दा बढीमा कारोबार भइरहेको थियो । यो सन् २०२४ को मध्यमा छ लाखभन्दा कम थियो ।
राष्ट्रपति मसुद पेजेस्कियानले सांसदहरूलाई मन्त्री अब्दोलनासर हेममतीको रक्षा गर्ने प्रस्ताव गरेका छन्। उनले आफ्नै रेकर्डको समर्थनमा पनि बोल्नेछन् ।
संसद्ले दिउँसो महाभियोगमा मतदान गर्ने अपेक्षा गरिएको छ । कुनै पनि बर्खास्तगीलाई २९० सीटे संसद्को बहुमतको समर्थन आवश्यक पर्दछ ।
गम्भीर आर्थिक अवस्थाका लागि जिम्मेवार रहेको विश्वास गर्ने अर्थमन्त्रीलाई रिसाएर निन्दा गर्दा धेरै सांसदले आफ्नो आवाज उठाए ।
“जनताले मुद्रास्फीतिको नयाँ लहरलाई सहन सक्दैनन् स विदेशी मुद्रा र अन्य सामानको मूल्यमा भएको वृद्धिलाई नियन्त्रण गर्नैपर्छ”, एक सांसद रुहोल्लाह मोटेफक्कर–आजादले भने । “जनताले औषधि र चिकित्सा उपकरणहरू किन्न सक्दैनन्”, अर्का फातेमा मोहम्मदबेगीले भने ।
पेजेस्कियानले जुलाईमा अर्थतन्त्रलाई पुनर्जीवित गर्ने र पश्चिमीले लगाएको केही प्रतिबन्धहरू अन्त्य गर्ने महत्त्वाकांक्षाका साथ पदभार ग्रहण गरेका थिए ।
तर विशेष गरी डिसेम्बरमा इरानको मित्र सिरियाका बशर अल–असदको पतन यता रियालको अवमूल्यन झन् तीव्र भएको छ ।
दमास्कसमा उहाँको सरकार पतन हुनुभन्दा अघिल्लो दिन इरानको कालो बजारमा करिब सात लाख १७ हजार रियालमा एक डलरको कारोबार भएको थियो ।
– अनियन्त्रित मुद्रास्फीति –
दशकौँको अमेरिकी नेतृत्वको प्रतिबन्धले इरानको अर्थतन्त्रलाई पनि बिगारेको छ र सन् २०१८ मा वासिङ्टन ऐतिहासिक सन् २०१५ आणविक सम्झौताबाट बाहिर निस्किएपछि मुद्रास्फीति झन् बिग्रँदै गएको छ ।
औपचारिक रूपमा संयुक्त व्यापक कार्ययोजना ९जेसिपिओए० भनिने यो सम्झौताले प्रतिबन्धहरू कम गर्ने र देशको आणविक गतिविधिहरूमा सीमाहरू बढाउने बदलामा इरानमा पश्चिमी लगानी फिर्ता गर्ने व्यवस्था गरेको थियो ।
जनवरीमा ह्वाइट हाउस फर्कनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्धहरू थप कडा पार्दै इरानमाथि ‘अधिकतम दबाब’ दिने आफ्नो नीतिलाई पुनर्जीवित गरेका छन् ।
इरानी अर्थतन्त्र सन् २०१८ देखि नै प्रत्येक दिनका इरानीहरूमाथि भारी पर्ने द्रुत मुद्रास्फीति, उच्च बेरोजगारी र मुद्राको अवमूल्यनको दबाबमा छ ।
विश्व बैंकको आँकडा अनुसार सन् २०१९ देखि इरानमा मुद्रास्फीति वार्षिक ३० प्रतिशतभन्दा माथि रहेको छ । वासिङ्टनस्थित संस्थाको अन्तिम प्रतिवेदनअनुसार सन् २०२३ मा यो ४४ प्रतिशतसम्म पुगेको थियो ।
इरानी संविधानअनुसार मन्त्रीको बर्खास्तगी तुरुन्तै प्रभावकारी हुनेछ र सरकारले प्रतिस्थापन चयन नगरेसम्म कार्यवाहक नियुक्त गरिनेछ ।
सन् २०२३ अप्रिलमा अन्तर्राष्ट्रिय प्रतिबन्धसँग जोडिएको मूल्यवृद्धिका कारण सांसदहरूले तत्कालीन उद्योगमन्त्री रेजा फातेमी अमिनलाई बर्खास्त गर्ने पक्षमा मतदान गरेका थिए।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया