गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध
मेरोन्यूज
२०८१ फागुन १८ गते १७:५६

काठमाडौँ । इजरायलले गाजामा कुनै पनि मानवीय सहायता सामग्री प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले गाजा युद्धविराम सम्झौताको पहिलो चरणको अवधि बढाउने अमेरिकी प्रस्ताव हमासले अस्वीकार गरेकाले यो निर्णय गरिएको बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका लागि राजदूत स्टिभ विटकफले तयार पारेको प्रस्तावमा रमजान र यहूदी निस्तार चाडलाई समेट्न युद्धविरामको अवधि छ हप्ता बढाउने समावेश थियो ।
इजरायली सरकारले केही घण्टा अघि मात्र यसलाई समर्थन गरेको थियो । तर हमासले अगाडि बढ्ने एक मात्र तरिका वार्ता पूरा गरेर अवस्थित सम्झौताको दोस्रो चरण लागू गर्नु भएको अडान लिएपछि इजरायलले यस्तो कदम चालेको हो ।
जनवरी १९ मा लागू भएको इजरायल र हमासबीच गाजा युद्धविराम सम्झौताको पहिलो चरण शनिबार समाप्त भएको थियो ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया