३ करोड ३९ लाख रुपैयाँ ठगी तथा आपराधिक लाभ कसुरकी फरार महिला पक्राउ

काठमाडौं । ठगी तथा आपराधिक लाभ लिएको आरोपमा एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पाल्पा बगनासकाली गाउँपालिका-१ की ३९ वर्षीया कल्पना गैरे रहेकी छिन्।
काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वर बस्दै आएकी गैरेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनलाई काठमाडौं-९ सीनामंगल क्षेत्रबाट पक्राउ गरिएको हो।
आचार्यका अनुसार गैरेविरूद्ध फागुन १५ गते काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
उनीविरूद्ध ३ करोड ३९ लाख रुपैयाँ ठगी तथा आपराधिक लाभ लिएको भन्दै प्रहरीमा उजुरी परेको थियो।
आचार्यका अनुसार गैरेले विभिन्न बैंकको चेक व्यक्तिहरूलाई दिएकोमा भुक्तानी नभई कालोसूचीमा परेको थियो।
यसरी कालोसूचीमा परेपछि पनि गैरेले नयाँ चेकहरू दिने भन्दै झुटो आश्वासन देखाएर पुराना चेक जबरजस्ती खोसेर फरार हुने गरेको प्रहरीको भनाइ छ।
गैरेलाई ठगी तथा आपराधिक लाभ कसुर मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया