गाजामा मानवीय सहायता रोकेकोप्रति अरब देशद्वारा इजरायलको कडा आलोचना

काठमाडौँ । गाजा पट्टीमा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएकोमा धेरै अरब देशहरू र संयुक्त राष्ट्र संघले इजरायलको निन्दा गरेका छन् ।
इजिप्ट र कतारले आइतबार इजरायलको कदम युद्धविराम सम्झौताको उल्लङ्घन भएको बताएका छन् भने संयुक्त राष्ट्रसंघका मानवीय प्रमुख टम फ्लेचरले यसलाई चिन्ताजनक भनेका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो देशले यो कदम चालेको बताएका बताउदै हमासले मानवीय सहायता आपूर्तिबाट सामानहरू चोरिरहेको र आफ्नो आतंकवादी मेसिनरीलाई इन्धन दिन प्रयोग गरिरहेको आरोप लगाएका छन् ।
इजरायलले गाजामा युद्धविराम बढाउने अमेरिकी प्रस्तावलाई हमासले अस्वीकार गरेको आरोप पनि लगाएको छ ।
यसैबीच, हमासका प्रवक्ताले इजरायलको नाकाबन्दी ‘सस्तो ब्ल्याकमेल’ र युद्धविराम सम्झौताको विरुद्ध भएको बताए ।
आइतबार एक विज्ञप्तिमा कतारको विदेश मन्त्रालयले पनि इजरायलको निर्णयको कडा निन्दा गरेको छ र यसलाई युद्धविराम सम्झौता र अन्तर्राष्ट्रिय मानवीय कानूनको स्पष्ट उल्लङ्घन भनेको छ ।
एएफपी समाचार एजेन्सीका अनुसार इजिप्टमा विदेश मन्त्रालयले इजरायललाई ‘प्यालेस्टिनी जनता विरुद्ध हतियार’ को रूपमा भोकमरी प्रयोग गरेको आरोप लगाएको छ । त्यस्तै साउदी अरेबियाले पनि इजरायलको यो कदमको निन्दा गरेको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
प्रतिक्रिया