४० ग्राम ब्राउन सुगरसहित विराटनगरमा तीन जना पक्राउ

काठमाडौं । मोरङ प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका-३ का ४० वर्षीय नवीन तामाङ, भारत बिहार अररिया थाना फारबिसगन्ज-७ का २८ वर्षीय अर्जुन मल्लिक र विराटनगर महानगरपालिका-१७ का १९ वर्षीय साइनम गुरुङ रहेका छन्।
उनीहरूलाई इलाका प्रहरी कार्यालय रानी, इलाका प्रहरी कार्यालय रानी (सीमा) र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगर-१५ चाइना मार्केटबाट सोमबार अपराह्न साढे ४ बजे पक्राउ गरेको हो।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार उनीहरूको साथबाट ४०.१४ ग्राम ब्राउनसुगर बरामद भएको छ।
उनीहरूको साथबाट दुई थान मोबाइल प्रहरीले बरामद गरेको छ। तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर अनुसन्धान थालिएको चिमरियाले बताए।
ब्राउनसुगर उच्चकोटीको लागुऔषधमध्ये पर्छ। पछिल्लो समय नेपालमा अफिम र गाँजा खेती मौलाएको छ। सो गाँजा र अफिम भारत तस्करी हुने गरेको छ।
‘भारतीय बजार नजिक पर्ने र ब्राउनसुगरको कारोबार उच्च हुने सम्भावनालाई मध्यनजर गर्दै हामीले लागुऔषध नियन्त्रण विशेष अभियान नै चलाएका छौं,’ प्रहरी उपरीक्षक चिमरियाले भने।
लागुऔषध प्रयोग, उत्पादन र बिक्री वितरणले आजको समाजलाई नराम्रोसँग बिथोलेको छ। विशेषगरी युवा-पिँढी यसबाट बढी आक्रान्त भएको देखिन्छ।
शैक्षिक असफलता, पारिवारिक बिखण्डन, आर्थिक अभाव, साथीहरूको लहलहैमा लागेर वा डिप्रेसनको कारणले लागुऔषधको प्रयोग गर्ने र बिक्री वितरणमा संलग्न हुने गरेको पाइएको छ।
‘लागुऔषध तस्करी, ओसार-पसार तथा नियन्त्रणमा मोरङ प्रहरीले आक्रामक कारबाही गरिरहेको छ, लागुऔषध कारोबार तथा नियन्त्रणमा अभियान नै चलाएका छौं,’ प्रहरी उपरीक्षक चिमरियाले भने, ‘सोही अभियान अन्तर्गतको कारबाहीमा भारतीय र नेपाली पक्राउ परेका छन्, हामी अनुसन्धान गरिरहेका छौं।’
ब्राउनसुगर भारतीय बजार हुँदै नेपाल तस्करी हुने गरेको छ। नेपालबाट अवैध रुपमा निकासी गरिने गाँजा, चरेस र अफिम प्रशोधन गरी भारतमा ब्राउनसुगर बन्ने गरेको छ।
त्यही ब्राउनसुगर नेपाली बजारमा पुन: ल्याएर महंगो मूल्यमा बिक्री गर्ने समूह सक्रिय छ। यसमा भरियाहरू बढी संख्यामा पक्राउ परिरहेका छन्।
नेपाली कारोबारीहरू भारतीय बजारमा गई ब्राउनसुगर किनेर नेपाल फर्किने गरेका छन्। उनीहरूले महंगो मूल्यमा ब्राउनसुगर नेपालमा बेच्ने गरेका छन्।

















भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ जना पुग्यो
Slight increase in gold price
मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया