लोसपा रौतहटको संयोजकमा भरत साह मनोनयन
मेरोन्यूज
२०८१ फागुन २० गते ९:४४

रौतहट । महन्थ ठाकुर नेतृत्वको लाेकतान्त्रिक समाजवादी पार्टी नेपालले राैतहटको जिल्ला संयोजकमा भरत साहलाई मनोनयन गरेको छ।
लाेसपाकाे अन्तरिम विधान प्रथम संशोधन अनुसार पुरानो जिल्ला संयोजकको स्थानमा भरत साहलाई मनोनयन गरिएको हो।
पार्टी केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साहलाई संयोजकको जिम्मेवारी दिएको जनाएका छन्।
भरत साह जिल्ला सदरमुकाम गाैरका स्थानीयबासी हुन्। उनी २०७४ को स्थानीय निर्वाचनमा गौर नगरपालिका-१ का वडा अध्यक्षमा निर्वाचित भएका थिए।
लोसपाले यसअघि स्थानीय कटहरिया नगरपालिका-२ का रामप्रवेश दास तत्मालाई केन्द्रीय सदस्यमा मनाेनित गरेको थियो।
सम्बन्धित











बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया