लोसपा रौतहटको संयोजकमा भरत साह मनोनयन
मेरोन्यूज
२०८१ फागुन २० गते ९:४४

रौतहट । महन्थ ठाकुर नेतृत्वको लाेकतान्त्रिक समाजवादी पार्टी नेपालले राैतहटको जिल्ला संयोजकमा भरत साहलाई मनोनयन गरेको छ।
लाेसपाकाे अन्तरिम विधान प्रथम संशोधन अनुसार पुरानो जिल्ला संयोजकको स्थानमा भरत साहलाई मनोनयन गरिएको हो।
पार्टी केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साहलाई संयोजकको जिम्मेवारी दिएको जनाएका छन्।
भरत साह जिल्ला सदरमुकाम गाैरका स्थानीयबासी हुन्। उनी २०७४ को स्थानीय निर्वाचनमा गौर नगरपालिका-१ का वडा अध्यक्षमा निर्वाचित भएका थिए।
लोसपाले यसअघि स्थानीय कटहरिया नगरपालिका-२ का रामप्रवेश दास तत्मालाई केन्द्रीय सदस्यमा मनाेनित गरेको थियो।
सम्बन्धित


















एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया