मेक्सिको, क्यानडा र चीनमा कर लागु गरेपछि अमेरिकी शेयर बजारमा गिरावट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि मेक्सिको, क्यानडा र चीनमा कर लागु गर्ने घोषणा गरेपछि अमेरिकी शेयर बजारमा ठूलो गिरावट आएको छ । डाउ जोन्स १.४ प्रतिशत, एसएन्डपी ५०० १.७५ प्रतिसत र नास्ड्याक २.६ प्रतिशतले घटेको छ ।
पारस्परिक करहरू अप्रिल २ बाट लागू हुने भए पनि, ट्रम्पले मंगलबारदेखि अमेरिकामा मेक्सिको र क्यानडाबाट आउने सामानहरूमा २५ प्रतिशतसम्मको थप कर लगाइने र चीनबाट आउने सामानहरूमा १० प्रतिशतसम्मको अतिरिक्त कर लगाइने घोषणा गरेका हुन् । यसैबीच, चीन, क्यानडा र मेक्सिकोले अमेरिकी सामानहरूमा बदलास्वरूप कर लगाउने घोषणा गरेका छन् ।
क्यानडाले अमेरिकाबाट क्यानडा प्रवेश गर्ने १५५ अर्ब डलर बराबरका उत्पादनहरूमा प्रतिशोधात्मक शुल्क लगाएको छ, जुन तुरुन्तै ३० अर्ब डलर बराबरका सामानहरूबाट सुरु हुनेछ ।
यी तीन देश अमेरिकाका शीर्ष व्यापारिक साझेदार हुन् र भन्सार शुल्कको मुद्दाका कारण व्यापार युद्ध सुरु हुने सम्भावना अझ बढेको छ ।











आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु
आज कुन विदेशि मुद्राकाे विनिमयदर कति ?
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया