लहानमा बजाज ग्राण्ड एक्सचेन्ज मेला हुँदै

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अहिलेसम्मकै ठूलो अफर बजाज ग्राण्ड एक्सचेन्ज मेला आयोजना गर्ने जनाएको छ । यही फागुन २० देखि २६ गतेसम्म बालाजु स्थित मनकामना ट्रेड लिङ्कमा यस एक्सचेन्ज मेला सञ्चालन भईरहेको छ ।
यस ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्नो साधन अपग्रेड गर्न सकिने मौका कम्पनीले दिएको छ । बालाजु पेट्रोल पम्पको उत्तरपट्टी कैलाश सिनेमा हल अगाडी रहेको मनकामना ट्रेड लिङ्कमा यस एक्सचेन्ज मेला सञ्चालन भईरहेको छ ।
यस एक्सचेन्ज मेलामा ग्राहकहरूले मात्र नागरिकताको आधारमा सजिलै बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन् । कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज बाइक लैजान सकिने यस एक्सचेन्ज मेलामा अतिरिक्त १०,००० रुपैयाँ भ्यालुएसन प्रदान गरिने कम्पनीले जनाएको छ ।
साथै, अन–द–स्पट फाइनान्स सुविधा अन्तर्गत ९.९९% ब्याजदर र ३६ महिनासम्मको किस्ता अवधिका साथ बाइक खरिद गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ जिवनको तयारी बजाजको सवारी भन्ने ट्यागलाईनको साथ सन्चालन भईरहेको यस ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकहरुले ७००० रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।
बजाज ग्राण्ड एक्सचेन्ज मेलामा निःशुल्क एसेसारिज (हेल्मेट, बाइक कभर, लेग गार्ड, ल्यापटप ब्याग आदि) पनि प्रदान गरिनेछ । साथै, ०% सर्भिस चार्जको विशेष सुविधा पनि रहनेछ ।
हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडले आफ्ना ग्राहकवर्गलाई सदैव नयाँ र फरक सेवा, सुविधा प्रदान गर्दै आएको छ ।















७३ वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह
Campaign on conservation of leasehold forest in Chitwan
वीरगञ्जका विभिन्न क्यासिनोबाट ६ जना पक्राउ
युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
प्रतिक्रिया