सम्बोधनका क्रममा ट्रम्पलाई अवरोध गर्ने डेमोक्रेट सांसदलाई बाहिर निकालियो

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका बेला रिपब्लिकन र डेमोक्र्याटहरू बीच तनाव देखिएको छ । ट्रम्पले आफ्नो चुनावी जितको प्रशंसा र डेमोक्र्याटहरूको आलोचना गरिरहेका बेला डेमोक्र्याट सदस्यहरूले अवरोध गरेका थिए ।
आफ्नो भाषण सुरु गरेको केही समयपछि, ट्रम्प बीचमै रोकिनु पर्यो र सभामुखले ट्रम्पमाथि चिच्याइरहेका सिनेटर अल ग्रीनलाई बाहिर निकाल्न आदेश दिएका थिए । ग्रिनलाई बिस्तारै सदनबाट बाहिर निस्किरहेको देखियो । यसपछि ट्रम्पले आफ्नो भाषण जारी राखेका थिए ।
यद्यपि, प्रतिनिधि सभाका धेरै डेमोक्र्याटिक सदस्यहरूले विभिन्न नारा लेखिएका आफ्नो टी-शर्ट र ब्लेजर देखाएका थिए र सम्बोधन बहिष्कार गर्दै सदनबाट बाहिर निस्केका थिए ।
ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनलाई अमेरिकी राष्ट्रपतिहरूको इतिहासमा सबैभन्दा सफल दिन भनेका थिए ।
उनले पदभार ग्रहण गरेपछि दक्षिणी सिमानामा आपतकाल घोषणा गरेको र एक महिना भित्रै अवैध सीमा पार गर्ने क्रम इतिहासकै सबैभन्दा कम भएको बताए । ट्रम्पले पाँचौं पटक कंग्रेसलाई सम्बोधन गर्दै डेमोक्र्याटिक सदस्यहरूलाई मिलेर काम गर्न अपील गरेका थिए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया