सीजी मोटर्सको एक्सचेन्ज मेला सुरु

काठमाडौं । नेपालको प्रमुख ईभी विक्रेता सीजी मोटर्सले २० फाल्गुनदेखि २७ फाल्गुनसम्म सीजी एक्सचेन्ज मेला आयोजना गरेको छ ।
ईभी एक्सचेन्ज कार्यक्रममा ग्राहकहरूले पुराना सवारी साधनहरूलाई नयाँ इलेक्ट्रिक गाडीहरू साट्न सक्ने लाभदायक अवसर पाउनेछन् ।
जसमा एयोन, एक्स्पेङ, डायुन, र नेटा जस्ता प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डका गाडीहरू समावेश गरिएको छ । थापाथली स्थित आफ्नो शोरूमहरूमा एक्सचेन्ज मेला चलिरहेको कम्पनीले जनाएको छ ।
एक्सचेन्ज मेलामा ग्राहकहरूले एक्सचेन्ज बोनस, आकर्षक छुट, निःशुल्क एक्सेसोरीहरू, र सजिलो फाइनान्सिङका विकल्पहरू जस्ता विशेष फाइदाहरू पाउन सक्नेछन् ।
ग्राहकहरूले यस कार्यक्रममा निःशुल्क ७ किलोवाटको चार्जर, एक आर्थिक वर्षको निःशुल्क सवारी कर, र अटो प्लस बीमा पनि प्राप्त गर्नेछन् ।
सीजी मोटर्सले पुराना गाडीहरूको उत्कृष्ट मूल्याङ्कन गर्ने भएकाले इलेक्ट्रिक गाडीमा अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि यो उत्कृष्ट अवसर हुनेछ ।
सहभागीहरूको अनुभवलाई थप आकर्षक बनाउँदै कम्पनीले, टेस्ट ड्राइभ गर्ने इच्छुक ग्राहकहरूलाई टेस्ट ड्राइभमा विशेष उपहार पनि प्रदान गरिएको छ । साथै, सहभागीले आईफोन १६ लक्की ड्र मार्फत जित्न सक्नेछन् ।















एमालेका अध्यक्ष ओलीलाई पितृ शोक
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर
डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन
झापामा रुखले किचेर किशोरीको मृत्यु
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
प्रतिक्रिया