यी हुन् अमेरिकी संसदमा राष्ट्रपति ट्रम्पको सम्बोधनका मुख्य १० बुँदा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । आफ्नो दोस्रो कार्यकालमा संसदको संयुक्त बैठकलाई ट्रम्पले पहिलो पटक गरेको सम्बोधन लगभग दुई घण्टासम्म चलेको थियो ।
यस सम्बोधनमा ट्रम्पले आफुले कार्यभार सम्हालेपछि गरेका प्रमुख कामको विवरण जानकारी गराएका थिए भने आफ्नो सरकारले अब गर्ने कामको बारेमा समेत बताएका थिए । यस अवधिमा ट्रम्प पुर्व सरकार र डेमोक्रेटिक पार्टीप्रति आक्रामक रुपमा प्रस्तुत भएका थिए ।
ट्रम्पको सम्बोधनका मुख्य १० बुँदाहरू यस प्रकार छन्:
१. डोनाल्ड ट्रम्पले अमेरिकी आप्रवासन नीति, कर, युक्रेन र कानून व्यवस्था लगायत आफ्ना धेरै मनपर्ने विषयहरूमा बोले ।
२. उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबाट अमेरिकासँग खनिज सम्झौताको लागि तयार रहेको संकेत गर्ने पत्र प्राप्त गरेको बताए । गत हप्ता, ओभल अफिसमा दुई नेताहरू बीच चर्को आदानप्रदान भएपछि अमेरिकाले युक्रेनलाई दिइने सैन्य सहायता स्थगित गरेको थियो ।
३-ट्रम्पले अमेरिकी अर्थतन्त्र केही कठिनाइहरूबाट गुज्रने बताए, किनकी उनको प्रशासनले क्यानडा, मेक्सिको, चीन र अन्य देशहरूबाट आउने सामानहरूमा शुल्क लगाउनेछ । उनले यसलाई संक्रमणकालीन अवधि भने ।
४. ट्रम्पले ग्रिनल्याण्ड अमेरिकामा सामेल हुने कुरा दोहोर्याए र उनको प्रशासनले यो कुनै न कुनै रूपमा सम्भव बनाउन कडा परिश्रम गरिरहेको बताए ।
५. ट्रम्पको भाषणको क्रममा, उपराष्ट्रपति र सभामुख सहित सबै रिपब्लिकन सदस्यहरू उभिएर ताली बजाइरहेका थिए र प्रत्येक घोषणा पछि नारा लगाइरहेका थिए, डेमोक्र्याटिक सदस्यहरू प्लेकार्डहरू लिएर विरोध गरिरहेका थिए । ट्रम्पले भाषण सुरु गर्ने बित्तिकै विरोधमा उभिएका र आफ्नो सिटमा बस्न अस्वीकार गरेका डेमोक्र्याटिक सांसद अल ग्रीनलाई रिपब्लिकन सभामुखले सदनबाट बाहिर निकाले ।
६. ट्रम्पको भाषण सकिनुअघि नै केही डेमोक्र्याटिक सदस्यहरू सदनबाट बाहिरिए, विशेष गरी जब ट्रम्पले युक्रेनको मुद्दा उठाए ।
७. ट्रम्पले अप्रिल २ देखि भारत लगायत अन्य देशहरूमा पारस्परिक भन्सार लगाउने घोषणा गरे । उनले मेक्सिको र क्यानडामा २५ प्रतिशत कर लगाउने घोषणा गरे ।
८. राष्ट्रपति चुनाव अभियानको क्रममा पेन्सिलभेनियाको बटलरमा भएको एक र्यालीमा ट्रम्पले आफूमाथि भएको आक्रमणको पनि उल्लेख गरे ।
९. ट्रम्पले अमेरिकामा अण्डाको बढ्दो मूल्यको उल्लेख गर्दै मुद्रास्फीति नियन्त्रण गर्ने प्रयास गर्ने बताए ।
१०. ट्रम्पकी श्रीमती र छोरीहरू र राष्ट्रपतिका नजिकका सहयोगी, अर्बपति एलन मस्क पनि सदनको कार्यवाहीको क्रममा आगन्तुक ग्यालरीमा उपस्थित थिए । यस क्रममा मस्कले मंगल ग्रहमा अमेरिकी झण्डा फहराउने ट्रम्पको कुराको प्रशंसा गरेका थिए ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया