नेपालका ४३ विद्यार्थीहरूले गरे क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभलको परीक्षामा उत्कृष्ट प्रदर्शन

काठमाडौं । क्याम्ब्रिज र ब्रिटिस काउन्सिलले नेपालमा उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी पुरस्कारको विजेताको नाम घोषणा गरेको छ । यो पुरस्कार नोभेम्बर २०२२ र जुन २०२३ मा क्याम्ब्रिजमा संचालित परिक्षाको श्रृंखलामा नेपालका माध्यमिक विद्यालयका विद्यार्थीहरूको उत्कृष्ट शैक्षिक उपलब्धिका साथ दिइएकोे छ ।
नेपालका ४३ विद्यार्थीहरूले क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभलको परीक्षामा उत्कृष्ट प्रदर्शन गरेकोमा पुरस्कार पाएका छन् । उनीहरूलाई देशमा उत्कृष्ट भएको, समग्रमा राम्रो गर्ने र उच्च ग्रेड प्राप्त गरेकोमा मान्यता दिइएको थियो ।
उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी पुरस्कार कार्यक्रमले विश्वका ४० भन्दा बढी देशहरूमा क्याम्ब्रिज इन्टरनेशनल एजुकेशनद्वारा लिइएको परीक्षामा सहभागी विद्यार्थीहरूको सफलतालाई पहिचान दिलाउनुको साथै सम्मान व्यक्त गर्दछ । क्याम्ब्रिजबाट प्राप्त योग्यताहरूले शिक्षार्र्थीहरूलाई विश्वविद्यालय र त्यसभन्दा बाहिर चाहिने ज्ञान, बुझाइ र सीपहरूद्वारा सुसज्जित पार्दछ । ति मान्यताहरू विश्वभरमा अग्रणी विश्वविद्यालयद्वारा मान्यता प्राप्त र प्रतिष्ठित छन् ।
क्याम्ब्रिजमा अन्तर्राष्ट्रिय शिक्षाका लागि दक्षिण एसियाका क्षेत्रीय निर्देशक महेश श्रीवास्तवले भनेः “हामीले गर्ने हरेक कुराको केन्द्रबिन्दु क्याम्ब्रिज शिक्षार्थीहरू हुन् । क्याम्ब्रिज शिक्षाको प्रत्येक तत्व – जस्तो पाठ्यक्रम, शिक्षण र सिकाइ, स्रोत र मूल्याङ्कन – शिक्षार्थीहरूलाई उनीहरूमा लुकेर रहेको क्षमता हासिल गरि जीवनलाई सफलता तथा समृद्धिले अभिभूत गर्न राम्ररी डिजाइन गरिएको हो ।”
ह्यारिएट गार्डनर, क्षेत्रीय परीक्षा निर्देशक, दक्षिण एसियाको उद्घाटन कार्यक्रममा मन्तव्य दिंदै भने, “मैले विद्यार्थीहरूको आँखामा उत्साह, जोश, महत्वाकांक्षा र सुन्दर भविष्यको प्रतिक्षामा रहेको देखें । यसले मलाई हामीले किन परीक्षाको निम्ति अध्ययन र प्रयास गरिरहेका छौं भन्ने कुराको स्मरण गराउँछ । चाहे क्याम्ब्रिज अन्तर्राष्ट्रिय परिक्षा होस वा आइइएलटीएस अथवा अरु युकेबाट प्राप्त योग्यताहरु, हामी यहाँ युवाहरुले पाएका अवसरहरुलाई सफलतामा परिणत गर्न समर्थन गर्न र तिनीहरुलाई आफ्नो सपना प्राप्ति, सीप र आत्मविश्वासको विकास र विश्व एक गाउँजस्तो भएको वर्तमान परिप्रेक्ष्यमा एकआपसमा जोड्न मद्दत गर्नु हो ।”
पुरस्कारले नेपालका विद्यार्थीहरूमाझ कम लोकप्रिय विषयहरूमा समेत असाधारण रूपमा उत्कृष्ट प्रदर्शन गरेको उपलब्धिलाई उजागर गरेकोछ । साथै, ती विद्यार्थीहरूको उपलब्धिलाई पहिचान गर्दछ जसले विभिन्न विषयहरूमा उच्चतम संयुक्त अंक हासिल गरेका छन् । यी विजेता विद्यार्थीहरूले क्याम्ब्रिज परीक्षा दिएका विश्वव्यापी हजारौं उम्मेद्वारहरूको तुलनामा उत्कृष्ट प्रदर्शन गरेका छन् ।
















रहिनन् प्रख्यात गायिका आशा भोसले
देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
Stampede at Haiti fort kills at least 30: local media
करण केसीलाई एक खेलमा प्रतिबन्ध
जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया