मंगलबार, पुष २९, २०८२

अमिताभ बच्चनले अयोध्यामा किने २ बिघा जग्गा

मेरोन्यूज २०८१ फागुन २३ गते १४:३६

काठमाडौं । भारतीय अभिनेता अमिताभ बच्चनले अयोध्यामा २ बिघा जमिन किनेका छन् ।

अयोध्याको तिहुरा माझा क्षेत्रमा अभिनेताले जग्गा किनेका हुन्। अमिताभले यो जग्गा आफ्नो बुबा हरिवंश राय बच्चनको नाममा गठन गरिएको मेमोरियल ट्रस्टको नाममा दर्ता गराएका छन्, जसको मूल्य ८६ लाख रुपैयाँभन्दा बढी रहेको बताइएको छ।

यो जग्गा अभिनन्दन लोढा प्राइभेट लिमिटेडले एक महिना अघि जनवरी ३१ मा खरिद गरेको थियो। ९ नोभेम्बर २०१९ मा सर्वोच्च अदालतले राम मन्दिरको पक्षमा फैसला गरेपछि, अयोध्यामा जग्गा किन्न देशभरका मानिसहरूमा दौडधुप सुरु भएको थियो ।

प्रतिक्रिया