अन्तरराष्ट्रिय सङ्गठनसँग सम्बन्ध विस्तार गर्दै जसपा नेपाल

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्तरराष्ट्रिय सङ्गठन र आन्दोलनसँग सम्बन्ध विस्तार गर्दै लगेको छ । पार्टीको सैद्धान्तिक र वैचारिक मान्यताअनुरुप विश्वमा स्थापित विभिन्न राजनीतिक दलका सङ्गठन तथा अन्तरराष्ट्रिय आन्दोलनको सदस्यता प्राप्त गर्ने र आपसी सम्बन्ध बढाउँदै लगिएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसपा नेपालको अन्तरराष्ट्रिय आन्दोलन र सङ्गठनसँगको सम्बन्ध विस्तारबारे पार्टी मातहत समिति तथा पार्टी सदस्यलाई परिपत्रमार्फत जानकारी गराइएको प्रमुख बस्नेतले बताए । उनले भने, “विश्वमा स्थापित राजनीतिक दलहरुको एसियाली साझा संस्था ‘सोक्डेम एसियाप्यासिफिक’ को फिलिपिन्सको राजधानी मनिलामा सम्पन्न भएको ‘स्टेरिङ’ कमिटिको बैठकले जसपा नेपाललाई सदस्यता प्रदान गरेको छ ।”
त्यसैगरी चिलीको राजधानी स्यान्टीयागोमा सम्पन्न ‘प्रोग्रेसिवएलाइन्स’ को ग्लोबल कन्फेरेन्सबाट जसपा नेपालले सर्वसम्मतिबाट सदस्यता प्राप्त गरेको छ । ‘प्रोग्रेसिवएलाइन्स’ श्रमिक, सामाजिक लोकतान्त्रिक र समाजवादी पार्टीहरुको अन्तरराष्ट्रिय सङ्गठन हो ।
यसले समानता, स्वतन्त्रता, सामाजिक न्याय र ऐक्यबद्धतालाई विश्वव्यापी अभियानका रुपमा कार्य गरिरहेको छ । उक्त सम्मेलनमा पार्टीका अध्यक्ष उपेन्द्र यादव र पार्टीको अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापाको सहभागिता रहेको सो पार्टीले जनाएको छ ।
















वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया