भारतीय नागरिकता त्याग गर्दै ललित मोदी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) का संस्थापक ललित मोदीले आफ्नो भारतीय नागरिकता त्यागेको निवेदन दिएका छन् ।
मोदीले लन्डनस्थित भारतीय उच्चायोगमा आफ्नो राहदानी बुझाउदै भारतको नागरिकता त्यागेको आवेदन दिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवाललाई उदृत गर्दै भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
ललित मोदीले भानुआटुको नागरिकता प्राप्त गरेपछि भारतीय नागरिकता त्याग्न लागेको बताइएको छ ।
ललित मोदीका वकिल महमूद अब्दीले पनि यसको पुष्टि गर्दै उनले दक्षिण प्रशान्त टापु राष्ट्र भानुआटुको नागरिकता लिएको बताएको मिडिया रिपोर्टमा उल्लेख छ । वकिल अब्दीले मोदीविरुद्ध भारतीय एजेन्सीले भारतको कुनै पनि अदालतमा कुनै उजुरी वा आरोपपत्र दायर नगरेको दाबि गरेका छन् ।
२००८ मा आइपिएलको स्थापना गरेका ललित मोदीलाई अनियमितता गरेको आरोप लागेपछि २०१० मा भारत छोड्न बाध्य पारिएको थियो । आफूविरुद्ध धरपकड हुनसक्ने संकेत पाएपछि मोदीले २०१० को आइपिएल फाइनलपछि तुरुन्त भारत छोडेर लन्डन पुगेका थिए ।
उनलाई अहिले विश्वको सबैभन्दा लोकप्रिय टी-२० लिग आइपिएल जन्माएको श्रेय जान्छ ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया