भारतीय नागरिकता त्याग गर्दै ललित मोदी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) का संस्थापक ललित मोदीले आफ्नो भारतीय नागरिकता त्यागेको निवेदन दिएका छन् ।
मोदीले लन्डनस्थित भारतीय उच्चायोगमा आफ्नो राहदानी बुझाउदै भारतको नागरिकता त्यागेको आवेदन दिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवाललाई उदृत गर्दै भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
ललित मोदीले भानुआटुको नागरिकता प्राप्त गरेपछि भारतीय नागरिकता त्याग्न लागेको बताइएको छ ।
ललित मोदीका वकिल महमूद अब्दीले पनि यसको पुष्टि गर्दै उनले दक्षिण प्रशान्त टापु राष्ट्र भानुआटुको नागरिकता लिएको बताएको मिडिया रिपोर्टमा उल्लेख छ । वकिल अब्दीले मोदीविरुद्ध भारतीय एजेन्सीले भारतको कुनै पनि अदालतमा कुनै उजुरी वा आरोपपत्र दायर नगरेको दाबि गरेका छन् ।
२००८ मा आइपिएलको स्थापना गरेका ललित मोदीलाई अनियमितता गरेको आरोप लागेपछि २०१० मा भारत छोड्न बाध्य पारिएको थियो । आफूविरुद्ध धरपकड हुनसक्ने संकेत पाएपछि मोदीले २०१० को आइपिएल फाइनलपछि तुरुन्त भारत छोडेर लन्डन पुगेका थिए ।
उनलाई अहिले विश्वको सबैभन्दा लोकप्रिय टी-२० लिग आइपिएल जन्माएको श्रेय जान्छ ।
















दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया