लोसपाका रौतहट अध्यक्ष साहसहित ६५ कार्यकर्ता माओवादीमा प्रवेश
मेरोन्यूज
२०८१ फागुन २४ गते १२:५८

रौतहट । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं रौतहट जिल्ला अध्यक्ष लिलाप्रसाद साह तेलीसहित ६५ जना कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।
जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानका क्रममा रौतहट पुगेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहलाई पार्टीमा स्वागत गरेका हुन् ।रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरमा आयोजित कार्यक्रममा साहसहित ६५ कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । साह गत स्थानीय तह निर्वाचनमा लोसपाबाट नगर प्रमुखको उम्मेदवार बनेका थिए । उनले चुनावमा ३ हजार ३३२ मत पाएर निकटम प्रतिस्पर्धी बनेका थिए ।
माओवादी प्रवेश गरेका साहले काँग्रेस, एमाले पहिचान विरोधी भएको भन्दै मधेसको अधिकार रक्षा माओवादीबाट हुने देखेर प्रवेश गरेको बताए ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया