काठमाडौं महानगरबाट सीप सिकेका ५० प्रतिशत व्यक्ति रोजगार

काठमाडौं– काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सीप अन्तर्गत अटोमोबाइल्सतर्फ ५० प्रतिशतले रोजगारी पाएका छन् ।
महानगरले दिएको जानकारी अनुसार अटोमोबाइल्स तालिम लिएका एक सय जना मध्ये ५० प्रतिशत रोजगारीमा तथा स्वरोजगार भएका छन् ।सीप मेला २०८१ मा १ सय जना सहभागीले अटोमोबाइल्स तालिम पूरा गरेका व्यक्तिलाई महानगरपालिकाले सम्पर्क गरेर रोजगार, स्वरोजगारका विषयमा जानकारी लिँदा ५० प्रतिशत रोजगारीमा रहेको जानकारी प्राप्त भएको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले जानकारी दिइन् ।
केहीले भने व्यवसायिक क्षमता बढाएर आफ्नै व्यवसायलाई उत्थान गरिरहेको सूचना आएको निरौलाको भनाई थियो ।महानगरले सीप मेलामा अटोमोबाइल्स सिकेका प्रशिक्षार्थीहरूलाई ‘अन द जब ट्रेनिङ’ मा पठाउन व्यक्तित्व विकास कार्यशाला सञ्चालन गरेको छ । जसमा व्यक्तिगत विवरण (सिभी) राइटिङ, अन्तर्वार्ता दिने कला, व्यवसायिक प्रवर्द्धन र प्रतिवद्धता द जब ट्रेनिङ’ मा जानेले पालना गर्नुपर्ने सर्तलगायत विषयमा कक्षा लिइएको थियो ।
गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रम कार्यान्वयन गर्ने क्रममा ‘अन द जब ट्रेनिङ’ कार्यक्रम सञ्चालन भएको महानगरको भनाइ छ ।
महानगरले विश्व श्रमिक दिवस २०८१ (वैशाख १९) को अवसर पारेर टुँडिखेलमा ‘सीप मेला २०८१’ आयोजना गरेको थियो ।
‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्य राखिएको मेलामा तालिम लिनका लागि ६८ हजार ८६६ जनाको आवेदन दिएका थिए । १० वटा विधाका ३० वटा पेशासँग सम्बन्धित तालिम कक्षा सञ्चालन भएका थिए । १५ दिन र ३० दिन अवधिका तालिमबाट २ हजार ७१५ जना प्रशिक्षार्थीले तालिम दिएका थिए ।
मेलामा उत्पादन भएको जनशक्तिलाई रोजगारी उपलब्ध गराउने महानगरले ‘रोजगार मेला’ आयोजना गरिएको थियो । दुई दिन चलेको रोजगार मेलामा ७० भन्दा धेरै कम्पनी तथा सङ्घसंस्थाका प्रतिनिधि आएर सीपयुक्त जनशक्तिसँग भेटेर कुरा गरेका थिए ।
















युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव
थलापति विजय तमिलनाडुको मुख्यमन्त्री
डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिमयुक्त रुख हटाउँदै
रौतहटमा लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
प्रतिक्रिया