विवाह गर्ने तयारीमा रहेका तमन्ना र विजयकाे किन भयाे ब्रेकअप ?
मेरोन्यूज
२०८१ फागुन २५ गते १७:१४

काठमाडौं । लामो समयदेखि आफ्नो सम्बन्धलाई लिएर चर्चामा रहेका विजय वर्मा र अभिनेत्री तमन्ना भाटियाको ब्रेकअप भएको छ ।
यसै वर्षको अन्त्यसम्ममा उनीहरुको विवाह हुने बताइएको थियो । तर दुईबीच कुरा नमिल्दा ब्रेकअप हुन पुगेको जानकारी आएको छ ।
अभिनेत्रीका नजिकका एक आफन्तका अनुसार भविष्यका बारेमा तमन्ना र विजयको विचार मिल्दैनथ्यो। ‘तमन्ना छिट्टै विवाह गरेर बसोबास गर्न चाहन्थिन्, तर विजयले भने यस बारेमा आफ्नो विचार स्पष्ट गर्न सकेनन्,’ उनले भने ।
ब्रेकअपपछि पनि तमन्ना र विजयले इन्स्टाग्रामबाट सँगैका तस्विरहरु डिलिट गरेका छैनन् । दुवैको सामाजिक सञ्जाल अकाउन्टमा अहिले पनि एकअर्काका तस्बिरहरू छन् ।
ब्रेकअपबारे पनि उनीहरुले हालसम्म कुनै प्रतिकृया दिएका छैनन् ।
सम्बन्धित









भारतको एक नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया