चीनमा वृद्धवृद्धाको हेरचाहमा एआईको प्रयोग गरिने

चीनले वृद्धवृद्धा र सामाजिक हेरचाहमा बौद्धिक कृतिमता (एआई) र बिग डाटाको प्रयोगलाई तीव्रता दिने बताएको छ ।
अधिकारीहरूले देशको कम जन्मदर र घट्दो श्रमशक्तिसँग जुधिरहेका बेला यो घोषणा गरिएको हो।
“हामी सामाजिक सहायता, वृद्ध हेरचाह सेवा र अशक्तहरूका लागि सेवाहरूको क्षेत्रमा बिग डाटा र एआईजस्ता नयाँ प्रविधि र उत्पादनहरूको विकास र अनुप्रयोगलाई तीव्रता दिनेछौं,” नागरिक मामिला मन्त्री लु झियुआनले चीनको वार्षिक राजनीतिक भेलाको ‘दुई सत्र’ का क्रममा गरिएको एक पत्रकार सम्मेलनमा भने ।
“यस कदमले सेवाहरूलाई ‘अधिक सुविधाजनक, अधिक सुलभ र अधिक मानकीकृत’ बनाउनेछ,” लुले भने ।
सन् २०२४ मा चीनको जनसङ्ख्या लगातार तेस्रो वर्ष घटेको छ र त्यहाँ ६० वर्ष वा सोभन्दा बढी उमेरका ३१ करोडभन्दा बढी मानिस रहेका छन् ।
श्रमशक्ति खुम्चिँदै जाँदा सरकारले भविष्यको आर्थिक वृद्धिका लागि प्रविधिको प्रयोग गरिरहेको छ ।
गत जनवरीमा डिपसिकले आफ्नो च्याटबोटको पछिल्लो संस्करण सार्वजनिक गरेपछि स्थानीय सरकारहरूले आफ्नो सेवामा डिपसिकको एआई मोडेल लागू गर्न हतार गरेका छन्।
डिपसिकको मूल्य कटौती ढाँचाले चिनियाँ कम्पनीहरूलाई उन्नत एआई चिप्सको बिक्रीमा अमेरिकी प्रतिबन्धको बावजुद यसका धेरै पश्चिमी एआई प्रतिस्पर्धीहरूलाई पछि पारेको छ ।
राष्ट्रपति सी चिनफिङले गत महिना निजी कम्पनीहरूका लागि एक दुर्लभ सङ्गोष्ठी आयोजना गर्दा यस क्षेत्रका लागि आधिकारिक समर्थनको सङ्केत गर्नुभएको थियो जसमा धेरै एआई र अन्य प्रविधि मालिकहरू सामेल रहेका र उनीहरूलाई ‘आफ्नो प्रतिभा देखाउन’ भनेका थिए ।
सङ्गोष्ठीमा डिपसिकका संस्थापक लियाङ वेनफेङका साथै टेन्सेन्ट, हुवावे र शाओमीजस्ता शीर्ष प्रविधि कम्पनी तथा फर्मका प्रतिनिधिहरू उपस्थित थिए।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया