एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त
मेरोन्यूज
२०८१ फागुन २५ गते १८:२१

काठमाडौं। एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् ।
शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी ४ वर्षको लागि बैंकको सिईओमा नियुक्त गरेको हो ।
बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)मा कार्यरत घिमिरेलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने भएको हो । हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको कार्यकाल यही फागुन मसान्तमा सकिँदैछ ।
घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन् ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र १० एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित










रास्वपा सभापति रवि लामिछाने रिहा
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह
सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया