उत्तर कोरियाले अज्ञात ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको आरोप
मेरोन्यूज
२०८१ फागुन २६ गते १५:५१

काठमाडौँ । उत्तर कोरियाले आफ्नो पश्चिमी तटबाट दक्षिण कोरियातर्फ धेरै अज्ञात ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले आफ्नो क्षेत्रतर्फ मिसाइल प्रहार गरेको जानकारी दिएको छ ।
रिपोर्टका अनुसार दक्षिण कोरियाका ज्वाइन्ट चिफ्स अफ स्टाफ (जेसीएस) ले पत्रकारहरूलाई पठाएको सन्देशमा स्थानीय समय अनुसार दिउँसो २ बजेतिर पश्चिमी तटबाट समुद्रतिर मिसाइलहरू प्रहार गरिएको बताएका छन् । सन्देशमा दक्षिण कोरियाली सेनाले निगरानी र सतर्कता बढाएको भनिएको छ ।
उत्तर कोरियाको सरकारी मिडियाले सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाबीचको वार्षिक संयुक्त सैन्य अभ्यासको आलोचना गरेको थियो र यसले कोरियाली प्रायद्वीपको अवस्थालाई अझ खराब बनाउने बताएको थियो ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया