चर्चित लोकगायक बद्री पंगेनी सजिलो नेटको ब्राण्ड एम्बासडरको रुपमानियुक्त

काठमाडौं। इन्टरनेट सेवा प्रदायक सजिलो नेटले चर्चित लोकगायक बद्री पंगेनीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बासडरको रूपमा चयन गरेको छ।
आज सम्पन्न सम्झौतासँगै, सजिलो नेटले देशभरका नेपाली परिवारसँग आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउने दिशा तर्फ महत्वपूर्ण कदम चालेको छ।नेपाली लोकसंगीत क्षेत्रमा ख्याति कमाएका बद्री पंगेनीले आफ्ना मार्मिक तथा सन्देशमूलक गीतहरू मार्फत लाखौँ दर्शक-श्रोताको मन जित्न सफल भएका छन्।
नेपाली सांगीतिक तथा लोकजीवनमा गहिरो छाप छोड्न सफल उनी सजिलो नेटको प्रतिनिधित्व गर्न उपयुक्त व्यक्ति हुन्। सजिलो नेट उच्च गतिको भरपर्दो इन्टरनेट सेवा सुलभ मूल्यमा प्रदान गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ।
सजिलो नेटका लागि इन्टरनेट केवल प्रविधिमै सीमित छैन, यो हाम्रो संस्कृति, परम्परा र जनजीवनलाई जोड्ने एउटा महत्वपूर्ण माध्यम पनि हो,’ सजिलो नेटका प्रमुख कार्यकारी अधिकृत, सतीश कार्कीले भने, “बद्री पंगेनीज्यूको संगीतले जस्तै हामी पनि नेपालीहरूबीचको दूरी घटाउँदै सबैलाई सरल, सुलभ तथा सुपथ इन्टरनेट सेवा मार्फत जोड्ने प्रयास गरिरहेका छौँ।”
लोकप्रिय गायक बद्री पंगेनीले आफ्नो उत्साह व्यक्त गर्दै भने, “इन्टरनेट आजको जीवनशैलीको अभिन्न अङ्ग बनिसकेको छ। सजिलो नेटले सहज र भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ, जसका कारण म यस ब्राण्डसँग जोडिन पाउँदा निकै खुसी छु।”
सजिलो नेटले आधुनिक इन्टरनेट सेवा विस्तार गर्दै ग्राहकहरूलाई उच्च गुणस्तरीय, सरल, सुलभ तथा सुपथ इन्टरनेट कनेक्टिभिटी प्रदान गर्ने लक्ष्य राखेको छ। बद्री पंगेनी सँगको सहकार्यले ब्राण्डलाई अझ बलियो बनाउने विश्वास लिइएको छ।
















आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया